गएराती नेप्सेमा भएको आगलागीले कारोबार ठप्प, विद्युत सूचारु भएपछि मात्र संचालन हुने

बिजमाण्डू
२०७४ मंसिर २८ गते १२:३० | Dec 14, 2017

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को  कारोबार बन्द भएको छ। गएराती नेप्सेको कार्यालयमा आगलागी भएकोले सबै कारोबार बन्द भएको हो। बिद्युत सटभै आगलागी भएका कारण सम्पूर्ण बिद्युत आपूर्ति बन्द भएकाले बजारको कारोबार समेत बन्द भएको नेप्सेका प्रबक्ता मुराहरि पराजुलीले जानकारी दिए।

Tata
GBIME
Nepal Life

नेप्सेको पहिलो तल्लामा रहेको घरायसी नामसारी शाखामा गए राती आगलागी भएको प्रवक्ता पराजुलीले बताए। आगलागीमा कागज पत्र लगायत केहि प्राबिधिक सामग्री जलेको बताइएको छ।

आगलागी धेरै ठूलो नभएको तर सुरक्षाका लागि कार्यालयमा आपूर्ति हुने मुख्य बिद्युत लाइन कटौती हुँदा कारोबार संचालन नभएको पराजुलीले जानकारी दिए। आगलागी भएकै तलामा नेप्सेको प्राबिधिक बिभाग रहेको छ। प्राबिधिक बिभागमा भने कुनै क्षति नभएको पराजुलीले बताए।

कार्यालयमा बिद्युत सुचारु भए लगत्तै दोस्रो बजारमा कारोबार सुचारु हुने पराजुलीको भनार्इ छ।  जति समय दोस्रो बजारको कारोबार रोकिएको हो त्यतिनै कारोबार समय थप गरिने बताइएको छ।