पाँच बजेसम्म कारोबार भएको शेयर बजार घटेर बन्द, कालिकाका शेयरधनी भए मालामाल

बिजमाण्डू
२०७४ मंसिर २८ गते १७:२९ | Dec 14, 2017
काठमाडौँ। हिजो साँझ भवनमा आगलागी भएका कारण ढिलो गरि कारोबार सुरु भएको शेयर बजार घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालय भबनको पहिलो तल्लामा आगलागी हुँदा बिद्युत आपूर्ति बन्द भएका कारण बिहीबार मध्यान्ह १२ बजेर ५५ मिनेटमा कारोबार सुरुवात भएको थियो। 
 
कारोबारको पहिलो २० मिनेटमा बजार चार अंकले बढेको थियो। त्यसपछि लगातार घटेको बजार करिब अढाई बजे पाँच अंक घट्दै सूचक १५१५ अंकमा ओर्लिएको थियो। कारोबारको अन्तिम ६ मिनेट बजार तिब्र बढेको भएपनि अन्त्यमा झिनो अंकले घटेर बन्द भएको छ।
 
नेप्सेको कारोबार मापक सूचक ०.५९ अंकले घटेर १५२०.१५ अंकमा झरेको छ। दिनभरीमा १५३ कम्पनीका १४ लाख ८४ हजार कित्ता शेयर ४५ करोड ३१ लाख रुपैयाँमा कारोबार भएका छन। सबैभन्दा बढी नेपाल ग्रामिण विकास बैंकको तीन करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ। 
 
कालिका माइक्रोक्रेडिट डेभलपमेन्टका शेयरधनीले १० प्रतिशत कमाएका छन्। हिमालयन जनरल इन्स्योरेन्सका शेयरधनीले ६ प्रतिशतले गुमाए। 

Tata
GBIME
Nepal Life