सिटिजन्स बैंकको नयाँ मुद्दति खाता, न्यूनतम एक लाख राख्नेले वार्षिक साढे ९ % ब्याज पाउने

बिजमाण्डू
२०७४ मंसिर २९ गते ११:०९ | Dec 15, 2017

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले नयाँ मुद्दति खाता “स्ट्रक्चर्ड फिक्स डिपोजिट”  सञ्चालनमा ल्याएको छ ।

Tata
GBIME
Nepal Life

व्यक्तिगत मुद्दती खाताको लागि सञ्चालनमा ल्याएको यो योजनामा न्यूनतम मौज्दात एक लाख रुपैयाँ राख्नुपर्नेछ । ८ महिना देखि १८ महिना सम्मको समयावधि रहेको यस योजनामा९.५ प्रतिशत बार्षिक ब्याजदर दिने बैंकले जनायो।बैंकले त्रैमासिक रुपमा ब्याज दिनेछ।बैंकका देशभर ६७ वटा शाखा रहेका छन्।