माछापुच्छ्रे बैंकले तीन वटा शाखारहित सेवा संचालनमा ल्यायो, तुरुन्तै खाता खोल्न र रकम जम्मा गर्न

बिजमाण्डू
२०७४ मंसिर २९ गते १३:४६ | Dec 15, 2017
माछापुच्छ्रे बैंकले तीन वटा शाखारहित सेवा संचालनमा ल्यायो, तुरुन्तै खाता खोल्न र रकम जम्मा गर्न

काठमाडौं।माछापुच्छ्रे बैंकले तीन वटा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

बैंकले भिमदत्त नगरपालिका १६ चौराहा,वेदकोट नगरपालिका ८ समादाइजी र बैजिनाथ गाउँपालिका २ नौबस्ता गरि तीन वटा शाखारहित बैंकिङ संचालनमा ल्याएको हो।युकेएडको सक्षमसँगको सहकार्यमा यो शाखा संचालनमा ल्याएको हो।

बैंकको अहिलेसम्म ९ वटा शाखारहित बैंकिङ संचालनमा छन्।यो शाखाबाट खाता खोल्न,रकम जम्मा गर्न,झिक्न,रेमिटेन्स भूक्तानी र कर्जा आवेदन गर्न सक्ने बैंकले जनाएको छ।बैंकका अनुसार पहिलो पटक तुरुन्तै खाता खोल्ने व्यवस्था र चिपमा आधारित डेविट कार्ड समेत उपलब्ध गराइनेछ।