ट्राफिक व्यवस्थापनमा बेइजिङको रणनीति, कारको कोटा तोकियो, ४०% जैविक इन्धन कार दर्ता हुने

रासस
२०७४ पुष १ गते ११:१३ | Dec 16, 2017
ट्राफिक व्यवस्थापनमा बेइजिङको रणनीति, कारको कोटा तोकियो, ४०% जैविक इन्धन कार दर्ता हुने
बेइजिङ। चीनको बेईजिङ नगरपालिकाले नयाँ कार दर्ता गर्ने कोटा सकिन लागेकाले अव सीमित कार मात्र दर्ता हुने जनाएको छ ।
 

Tata
GBIME
Nepal Life

अहिले बेइजिङमा हरेक बर्ष झण्डै एक लाख ५० हजार नयाँ कारलाई अनुमति दिने गरिएको छ ।  नयाँ नियम अनुसार बेइजिङमा अव सन् २०१८ सम्ममा एक लाख नयाँ कारलाई मात्रै दर्ता गर्न सीमित नम्बर प्लेट उपलब्ध गराइने भएको छ ।

 
बेइजिङवासी धेरै चिनियाँले कार दर्ताकालागि निवेदन दिएपनि सबैलाई नम्बर दिन नपुग्ने भएकाले गोलाप्रथा टेन्डर प्रणाली अपनाउने गरिएको छ ।बेइजिङमा यातायातको अत्याधिक चाप रोक्न र जनसंख्या घटाउन यस्तो प्रणाली सन् २०११ देखि लागु गरिएको हो ।
 
बार्षिक रूपमा एक लाख कार दर्ता गर्ने गरिएकोमा झण्डै ६० प्रतिशत नयाँ आपतकालिन कार दर्ता हुने गरेका छन् । त्यस बाहेक अन्य ४० प्रतिशतमा जैविक इन्धनबाट चल्ने कारहरुले दर्ता नम्बर पाउने गरेका छन् ।
 
बेइजिङमा अहिले सम्म कुल एक लाख ३७ हजार आठ सय विद्युतीय कारहरु दर्ता भएका छन् ।