नेपालमा उद्योग दर्तामा चीनले भारतलार्इ उछिन्यो, चार महिनामा चीनको ५ अर्ब, भारतको ३ अर्ब मात्रै

बिजमाण्डू
२०७४ पुष १ गते १२:३२ | Dec 16, 2017
नेपालमा उद्योग दर्तामा चीनले भारतलार्इ उछिन्यो, चार महिनामा चीनको ५ अर्ब, भारतको ३ अर्ब मात्रै
काठमाडौं। चालु आर्थिक वर्षको पहिलो चार महिनामा भारत भन्दा चीनबाट बढी लगानी प्रतिवद्धता आएको छ।

Tata
GBIME
Nepal Life


उद्योग विभागका अनुसार यो अवधिमा ४८ वटा उद्योगमा पाँच अर्ब रुपैयाँ बराबरको चिनियाँ लगानीको प्रतिवद्धता आएको छ।भारतबाट १८ उद्योगका लागि तीन अर्बको मात्रै लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ।पछिल्लो केही वर्षदेखि लगातार भारतको भन्दा चीनको लगानीका उद्योग दर्ता हुने क्रम बढेको छ।
 

२०४६/४७ देखि २०६९/७० सम्म सात सय चिनियाँ उद्योगमा ३३ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता आएको थियो। त्यही अवधिमा भारतबाट भने ५ सय ६६ उद्योगमा ७५ अर्ब ८० करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको थियो।०७० सम्म वर्षनी हुने लगानीमा अग्रस्थानमा रहेको भारत त्यसपछि लगातार पछि परिरहेको छ।पछिल्लो चार वर्षको अवधिमा चीनबाट ६ सय ४४ उद्योगमा ७३ अर्ब लगानी प्रतिवद्धता आएको छ। विभागका अनुसार सोही अवधिमा भारतबाट भने १ सय ३१ उद्योगमा ५९ अर्ब ६४ करोड रुपैयाँ मात्र लगानी प्रतिवद्धता आएको छ।

पाँच अर्ब भन्दा बढी लगानी आएको देश

देश लगानी उद्योग रोजगारी
अमेरिका २० अर्ब ७० करोड ३६८ १७४७२
ब्रिटिस भर्जिन आईसल्याण्ड १६ अर्ब ३० करोड १६ २१८०
दक्षिण कोरिया १६ अर्ब २१ करोड ३२२ ११०४०
बेलायत ८ अर्ब ९५ करोड १६७ १०६७१
सिङ्गापुर ८ अर्ब २० करोड ४३ ३१५५
नर्वे ८ अर्ब १४ करोड १६ ८४५
क्यानडा ७ अर्ब २४ करोड ४४ २३३८
जापान ७ अर्ब ५ करोड २४३ ९५३३
सिचलेस सात अर्ब ६० करोड १००
युएई ५ अर्ब ४० करोड १७ १८२७
स्विजरल्याण्ड ५ अर्ब २८ करोड ५८ १५३३

०४६ साल अघि २५ वटा भारतीय उद्योगमा तीन अर्ब २१ करोड रुपैयाँ लगानी प्रतिवद्धता आईसकेको थियो। तर चीनबाट आउने लगानी भने एउटा उद्योगमा एक करोड ४५ लाख रुपैयाँ मात्र आएको थियो।नेपालमा भारतीय उद्योगको संख्या वर्षेनी ४० वटा भन्दा बढी कुनैपनि वर्ष दर्ता भएनन्। चिनियाँ उद्योग भने एकै वर्षमा १ सय ५४ वटा सम्म दर्ता भएका छन्। तर ठूलो लगानी ल्याएकाले भारतीय उद्योगको प्रतिवद्धता चिनियाँ भन्दा ३० अर्ब रुपैयाँले बढी भएको हो।
 
भारतबाट कुल ६ सय ९७ उद्योगमा एक खर्ब ३५ अर्ब ४४ करोड रुपैयाँको लगानी प्रतिवद्धता भएको छ।  चिनियाँ उद्योगमा भने कुल १ हजार २ सय ६१ उद्योगमा एक खर्ब ६ अर्ब ३७ करोड रुपैयाँ लगानी प्रतिवद्धता भएको छ।
 
रोजगारी सिर्जनामा पनि भारतीय लगानीकर्तानै अघि छन्। भारतीय लगानीकर्ताले ६७ हजार ६ सय ३८ जनालाई रोजगारी दिनेछन् भने चिनियाँ लगानीकर्ताले ६० हजार ७ सय ८९ जनालाई रोजगारीको प्रतिवद्धता जनाएका छन्। जुन भारतीयको भन्दा सात हजारले कम हो।