भक्सवागनको सर्भिस सेन्टर यूनपार्कमा, गाडीको सुरक्षादेखि मोविलिटीमा ग्यारेन्टीसम्म

बिजमाण्डू
२०७४ पुष १ गते १५:२६ | Dec 16, 2017
काठमाडौं।भक्सवागनको नेपालको आधिकारिक बिक्रेता पूजा इन्टरनेशनलले पाटनको यूएन पार्कमा अत्याधुनिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक विजुक्छेले भक्सवागन गाडीको बिक्रीपछिको सेवालार्इ अझै प्रभावकारी बनाउन नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएको बताए।उनले सर्भिस सेन्टरलार्इ अन्य स्थानमा समेत विस्तार गरिने बताउँदै सेन्टरमा मर्मत सम्भारका साथै भक्सवागनका सक्कली पार्टपूर्जा पाइने बताए।

Tata
GBIME
Nepal Life

सर्भिस सेन्टर उद्घाटनका अवसरमा निशुल्क कार जाँच र वासिङ योजना समेत ल्याएको छ।विजुक्छेले गाडीको सुरक्षादेखि दीर्घकालिन मोविलिटीलार्इ समेत ग्यारेन्टी गरेको बताए।