रेमिटेन्सबाट साम्राज्य खडा गरेको आइएमर्इ समूह पनि सिमेन्ट उद्योगमा, वैतडी र पाल्पाको खानी लियो

बिजमाण्डू
२०७४ पुष २ गते १०:१७ | Dec 17, 2017
रेमिटेन्सबाट साम्राज्य खडा गरेको आइएमर्इ समूह पनि सिमेन्ट उद्योगमा, वैतडी र पाल्पाको खानी लियो

काठमाडौं।रेमिटेन्स व्यवसायबाट व्यापारिक साम्राज्य खडा गरेको आइएमर्इ समूह समेत सिमेन्ट उद्योगमा लगानी गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

आइएमर्इ रेमिटेन्सहुँदै बैंक तथा वित्तिय संस्था,हस्पिटालिटी,जलविद्युत, अक्सिजन उद्योग हुँदै यो समूह सिमेन्ट उद्योगमा समेत हात हाल्न लागेको हो।सिमेन्ट उद्योगकै लागि समूहले वैतडी र पाल्पामा रहेको चुनढुंगा खानीको अध्ययनको अनुमति पाएको छ।खानी तथा भुगर्भ विभागले गरेको टेण्डरमा यो समूहले दुर्इवटा खानी पाएको हो।

१५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको बैतडीको श्रीकोटे चुनढुङ्गा खानीमा १५ करोड मेट्रिक टन चुनढुङ्गा रहेको अनुमान छ। ४७. १ प्रतिशत क्याल्सियम अक्साईड र २.३४ प्रतिशत म्याग्नेसियम अक्साईड रहेको चुनढुङ्गाको अध्ययनमा विभागले १६ लाख रुपैयाँ खर्च गरेको थियो।

पाल्पामा रहेको मदनपुर चुनढुङ्गा खानीमा पनि ५४ लाख ८० हजार मेट्रिक टन चुनढुङ्गा रहेको अनुमान गरिएको छ। विभागले अध्ययनको लागि सबै भन्दा बढी खर्च गरेको यस खानीमा ४० लाख रुपैयाँ खर्च भएको छ। १५ वर्गकिलोमिटर क्षेत्रफलको खानीमा, ९२ हेक्टर क्षेत्रफलमा २७२ मिटर ड्रिलिङ पनि गरिएको छ। उक्त खानीमा भेटिएको क्याल्सियम अक्साईड ४१.५७ र म्याग्नेसियम अक्साईड ५.९० प्रतिशत अन्य सबै खानीको भन्दा कमजोर गुणस्तरको चुनढुङ्गा हो।