जनसेवी लघुवित्तको तीन करोड रुपैयाँको शेयर आउँदै, चुक्ता पूँजी १० करोड पुर्याउने

बिजमाण्डू
२०७४ पुष २ गते ११:४५ | Dec 17, 2017

काठमाडौं। पर्वतको कुश्मामा केन्द्रिय कार्यालय रहेकोे जनसेवी लघुवित्त वित्तीय संस्थाले २ करोड ९४ लाख रुपैयाँ बरावरको साधारण सेयर निष्कासन गर्ने भएको छ ।

Tata
GBIME
Nepal Life

पर्वत सदरमुकाम कुश्मामा शनिवार सम्पन्न लघुवित्तको दोस्रो साधारण सभाले सर्वसाधारणका लागि दुई लाख ९४ हजार कित्ता  सेयर जारि गर्ने निर्णय गरेको हो । राष्ट्रबैंक बाट ̎घ” बर्गको इजाजत प्राप्त दश जिल्ला कार्यक्षेत्र भएको लघुवित्तले ०७० असोज बाट कारोवार सुरु गरेको थियो ।  रुकुम , रोल्पा ,पर्वत , बाग्लुङ, म्याग्दी, गुल्मी, कास्की, लमजुंङ, तनहुँ, गोर्खा का विभिन्न १८ स्थानबाट वित्तिय सेवा प्रबाह गरिरहेको लघुवित्तको हाल चार करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

साधारणसभाबाट यही वर्ष १ बराबर १ को अनुपातमा संस्थापक हकप्रद सेयर जारी गरी चुक्ता पुँजी नौ करोड ८० लाख रुपैया पुग्ने गरी प्रवन्ध पत्र र नियमावली संशोधन गर्ने गरी निर्णय समेत गरेको छ । सो प्रकृया पश्चात  सर्वसाधारणमा ३० प्रतिशत साधारण सेयर जारी गर्ने निर्णय भएको लघुवित्तका अध्यक्ष विकास गौचनले जानकारी दिए।

लघुवित्तले यो वर्ष थप ५ जिल्लाकार्य क्षेत्र बनाई निकट भविष्यमा नै राष्ट्रियस्तरको लघुवित्तकोरुपमा स्थापित गर्ने उनले बताए।