चितवनको सौराहामा पुस ११ गतेदेखि हात्ती महोत्सव हुँदै, यस्तो हुनेछ महोत्सवमा आकर्षण

बिजमाण्डू
२०७४ पुष २ गते ११:५६ | Dec 17, 2017

सौराहा।चितवनको सौराहामा यही पुस ११ गते देखि १५ गतेसम्म चितवन हात्ती महोत्सव हुने भएको छ। समाज,संरक्षण र समृद्धि’भन्ने नाराका साथ हुने महोत्सवले सौराहाको आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्ने उदेश्यसहित महोत्सव गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

आयोजकका अनुसार यो  बर्ष हात्ती बनभोज कार्यक्रम,हात्ती फाष्टवाक प्रतियोगिता,हात्तीको छावाहरुको फुटवल प्रतियोगिता,हात्ती श्रृगार प्रतियोगिता महोत्सवको आर्कषण रहेका छन्।महोत्सवमाहात्ती पोलो प्रतियोगिता,हात्ती पेन्टीङ प्रतियोगिता,हात्ती बार्थिङ कार्यक्रमका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध साँस्कृति कार्यक्रम रहेको छ ।

महोत्सवका संयोजक दीपक भट्टराईले  हात्ती बनभोज कार्यक्रमसँगै हात्ती फाष्टवाक प्रतियोगिता २० वटा,हात्तीको छावाहरुको फुटवल प्रतियोगितामा १० वटा,हात्ती श्रृगार प्रतियोगितामा ५ वटा,हात्ती पोलो प्रतियोगितामा ८ वटा ,हात्ती पेन्टीङ प्रतियोगितामा ५ वटा,हात्ती बार्थिङ कार्यक्रममा ५ वटा हात्तीहरुलाई सहभागी गराईने जानकारी दिए ।