नौसय करोडको ‘चारा घोटाला’ काण्डमा लालु यादव दोषी ठहर, अदालतबाट सिधै जेल

बिजमाण्डू
२०७४ पुष ८ गते १७:१५ | Dec 23, 2017
पटना। विहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवसहित १५ जनालाई अदालतले भारतको चर्चित ‘चारा घोटाला’ काण्डमा दोषी भएको ठहर गरेको छ।
 

पशुपालन विभागमा जनावारका लागि खरिद गरेको आहारामा फर्जी बिल पेश गरेको भन्दै मुख्यमन्त्री यादवसहित तीन जना पूर्वमन्त्री र  कर्मचारीविरुद्ध सात विषयमा मुद्दा दर्ता गरिएको थियो।
 
 शनिबार भारतीय समयअनुसार अपरान्ह तीन बजे अदालतले मुद्दाको सुनुवाइ गरेको थियो। राँचीको सिबिआइ स्पेसल कोर्टमा भएको सुनुवाइको समयमा यादव उपस्थित थिए। सुनुवाइपछि उनलार्इ सिधै जेल लगिएको छ।अदालतले दोषी ठहर गरेपनि सजाय भने आउँदो जनवरी ३ मा मात्र तोकिने भएको छ। २७ जनवरी १९९६ मा दर्ता गरिएको मुद्दा बल्ल सुनुवाइ भएको हो।
 
उक्त घटना अदालतमा पुगेपछि सिबिआइले जाँच गर्दा आहार खरिद कागजमा मात्र भेटिएको र फर्जी बिल पेश गरेको प्रमाणित भएको थियो। 

Tata
GBIME
Nepal Life