पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल र डिजेलमा एक रुपैयाँ मूल्य बढ्यो, ग्यासमा २५ रुपैयाँ

बिजमाण्डू
२०७४ पुष १७ गते २१:२१ | Jan 1, 2018
काठमाडौं।नेपाल आयल निगमले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य अनुसार निगमले पेट्रोल, डिजल र मट्टितेलमा क्रमश एक/एक रुपैयाँ मूल्य बढाएको छ।

Tata
GBIME
Nepal Life

नयाँ मूल्यपछि पेट्रोल लिटरको १ सय २ रुपैयाँ र डिजल तथा मट्टितेल लिटरको ७९ रुपैयाँ पुगेको छ।हवाइ इन्धन आन्तरिकतर्फ तीन रुपैयाँ मूल्य बढेर ९० रुपैयाँ कायम भएको छ।

एलपीजी ग्यास प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढेको छ।उपभोक्ताले एक सिलिण्डर ग्यासको १ हजार ३ सय ७५ रुपैयाँ तिर्नुपर्नेछ।नयाँ मूल्यपछि पनि निगमको नोक्सानी २६ करोड ४० लाख रुपैयाँ रहेको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए।