गुणस्तर विभागको कारवाहीपछि २१ ग्यास उद्योगले दिए एनएसका लागि आवेदन, विभागको अनुगमन तीब्र

बिजमाण्डू
२०७४ पुष २३ गते १७:३१ | Jan 7, 2018

काठमाडौं।नेपाल गुणस्तर तथा नापतौल विभागले कारवाही अगाडि बढाएपछि ग्यास उद्योगीले गुणस्तर चिन्ह(एनएस)लिन आवेदन दिन थालेका छन्।

Tata
GBIME
Nepal Life

विभागका अनुसार आइतबार २१ वटा ग्यास उद्योगले एनएसका लागि आवेदन दिएका छन्।‘अहिलेसम्म २१ वटा बोटलिङ प्लान्टले एनएसका लागि आवेदन दिइसकेका छन्।नेपाल ग्यास उद्योग संघको निर्णय अनुसार एनएस लिने प्रकृया अगाडि बढेको पत्र समेत आएको छ’विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बिजमाण्डूसँग भने,हामीले उपभोक्ताले बिक्री गर्ने ग्यास सुरक्षित बनाउन अभियान थालेका हौं।यसलार्इ उद्योगहरुले पनि सकारात्मक रुपमा लिएर आउनुभएको छ।‘

वीरगंजस्थित सुपर ग्यासमा आगलागी भएपछि विभागले एनएसका नलिने उद्योगको उत्पादन बन्द गर्ने निर्णय गरेको थियो।शुक्रबारनै विभागले वनेपामा रहेको चण्डेश्वरी र सूर्य ग्यासको उत्पादनमा रोक लगाइसकेको छ।पुडासैनीले उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सम्झौंता नहुने भन्दै उद्योगीले समेत उपभोक्ताप्रति जवाफदेही हुनुपर्ने बताए।उनले कारवाही प्रकृया थालेपछि पहिला आवेदन दिएका कम्पनी समेत सोधखोजमा आएको बताए।ओम ग्यासले २०७१ साल चैत २९ गतेनै एनएसका लागि आवेदन दिएको थियो।

यो आवेदनपछि उद्योगले पनि कुनै सोधखोज गरेन्।तर अहिले ओम ग्यासले फेरी नयाँ आवेदन दिएको छ।‘विगतमा केही कम्पनीले एनएसका लागि आवेदन दिएर त्यतिकै बसेका थिए’पुडासैनीले भने,अहिले उहाँहरु संवेदनशील भएर फलोअप गर्न आउनुभएको छ।‘ ओम ग्यासका संचालक हरि पाठकले दुर्इ वर्ष अघि एनएसको लागि आवेदन दिएको बताए।‘हामीले दुर्इ वर्ष अघिनै एनएसका लागि आवेदन दिएका थियौ।त्यसको फलोअप विभाग र हामीबाट पनि भएन,उनले भने,’अहिले फेरी हामीले नयाँ आवेदन दिएका छौं।‘पाठकले ग्यास उद्योग र उपभोक्ताको सुरक्षाका लागि विभागले थालेको अभियान सकारात्मक रहेको बताए।