काठमाडौं। नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको अध्यक्षमा भुपेन्द्र गिरी निर्वाचित भएका छन्। तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले गिरीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको हो।
महासंघको प्रथम उपाध्यक्षमा सूर्य सुवेदी, द्धितीय उपाध्यक्षमा कृष्णप्रसाद ढकाल, तृतीय उपाध्यक्षमा सुजिल श्रेष्ठ सर्वसम्मत भएका छन्। साथै महासचिवमा कविन्द्र जोशी, कोषाध्यक्षमा ओम दाहाल, सचिवमा गोकुल श्रेष्ठ, सहसचिवमा खगेन्द्र केसी सर्वसम्मत भएका छन्।