ग्यास उद्योगप्रति गुणस्तर विभाग नरम, दुर्इ दिनमै बन्द गरिएको चार उद्योगको उत्पादन फुकुवा

बिजमाण्डू
२०७४ पुष २४ गते १३:४९ | Jan 8, 2018

काठमाडौं।नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तर चिन्ह नलिएका र मापदण्ड पूरा नगरि उद्योग संचालन गरेका चार उद्योगको उत्पादन फुकुवा गरेको छ।

Tata
GBIME
Nepal Life

शुक्रबार र आइतबार अनुगमन गर्दा मापदण्ड पूरा नगरि संचालनमा रहेका चार उद्योगलार्इ ग्यास उत्पादनमा रोक लगाएको थियो।विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले १५ दिनभित्र मापदण्ड पूरा गर्ने शर्तमा ग्यास बोटलिङ फुकुवा गरिएको बताए।‘हामीले १५ दिनभित्र आवश्यक मापदण्ड पूरा गर्नेगरि उत्पादन फुकुवा गरेका हौं। १५ दिनपछि उद्योगले मापदण्ड पूरा गरेको कागजपत्र पेश गर्नेछ।त्यसपछि विभागले फेरी अनुगमन गर्नेछ’उनले बिजमाण्डूसँग भने,उत्पादन बन्द गर्दा बजारमा उपभोक्ताले ग्यास नपाउने अवस्था आएकोले उत्पादन फुकुवा गर्न बाध्य भएका हौं।‘

उनका अनुसार बन्द गरिएका उद्योगको बजार काठमाडौं उपत्यका बढी रहेकोले उपभोक्ताको हितमा हेरेर निर्णय गरिएको हो।पुडासैनीले नेपाल गुणस्तर चिन्ह र मापदण्डमा विभागले कुनै सम्झौंता नगर्ने बताउँदै एनएस र मापदण्ड पूरा नगर्नेलार्इ कारवाही प्रकृया अघि बढ्ने प्रतिवद्धता जनाए।

‘हामीले उपभोक्ताको गुणस्तरमा खेलवाड गर्ने उद्योगलार्इ छाड्दैनौ।हामीले एनएस र मापदण्ड मा सम्झौंता पनि हुँदैन’ पुडासैनीले भने,हामीले कारवाही थालेपछि सबै उद्योगले एनएस लिन आवेदन समेत दिन सुरु गरिसकेका छन्।‘एनएस नलिएका र मापदण्ड पूरा नगरेका वनेपाको सूर्य र चण्डेश्वरी, धादिङकको ओम र नमस्ते ग्यासको उत्पादनमा रोक लगाएको थियो।

चंडेश्वरीले हाईड्रोस्टिक टेस्ट नगरेको, टेर वेट परीक्षण नगरेको र गुणस्तर चिन्ह नलिई सञ्चालन गरेकोले उत्पादनमा रोक लगाइएको विभागले जनाएको थियो।सूर्यले सेफ्टी क्याप नराखेको, मर्मत गरि भल्भ प्रयोग गर्ने गरेको र गुणस्तर चिन्ह नलिएको पाईएपछि उत्पादनमा रोक लगाइएको हो।