हिमालयन जनरल इन्स्योरेन्सले बबरमहलमा कर्पोरेट भवन बनाउने, भवन डिजाइनका लागि सम्झौंता




काठमाडौं।हिमालयन जनरल इन्स्योरेन्सले साढे दुर्इ रोपनी जग्गामा कर्पोरेट भवन बनाउने भएको छ।कर्पोरेट भवन निर्माणका लागि प्रकृया समेत सुरु गरेको छ।

काठमाडौंको बबरमहलमा रहेको आफ्नै जग्गामा कर्पोरेट भवन बनाउने भएको हो।भवन डिजाइनका लागि सोसाइटी अफ नेप्लिज आर्किटेक्ट(सोना)सँग सम्झौंता समेत गरेको छ।सम्झौतापत्रमा कम्पनीका कार्यकारी अधिकृत सुशील बज्राचार्य र सोसाईटि अफ नेप्लीज आर्किटेक्ट (सोना)का अध्यक्ष सुमन नाथ बैद्यले हस्ताक्षर गरे।

कम्पनीले निर्माण गर्ने भवनको डिजाईन प्रतियोगिताको आधारमा छनौट गरिनेछ ।प्रतियोगितामा नेपाल ईन्जिनियरिङ काउन्सिलमा दर्ता भएका सदस्य आर्किटेक्टस् व्यक्ति वा फर्मले सहभागीता जनाउनेछन्। प्रतियोगितामा उत्कृष्ट हुनेलाई १ लाख ५० हजार र दुई जनालाई सान्त्वना पुरस्कार जनहि ५० हजार रुपैयाँ दिइने कम्पनीले जनाएको छ।  उत्कृष्ट डिजाईनरलाई प्रिन्सिपल आर्किटेक्टका रुपमा भवनको विस्तृत डिजाईन कार्यमा सहभागी गराइने कम्पनीले जनाएको छ।



Share this Story

   

हिमालयन जनरल इन्स्योरेन्सले बबरमहलमा कर्पोरेट भवन बनाउने, भवन डिजाइनका लागि सम्झौंता को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.