टिपिएस सेवा बन्द गर्दै ट्रम्प प्रशासन, भूकम्पपछि नेपालीलार्इ दिएको सुविधा पनि जुनमा सकिँदै

बिजमाण्डू
२०७४ पुष २५ गते १३:३७ | Jan 9, 2018
टिपिएस सेवा बन्द गर्दै ट्रम्प प्रशासन, भूकम्पपछि नेपालीलार्इ दिएको सुविधा पनि जुनमा सकिँदै

काठमाडौं। आप्रवासीप्रति कठोर रुपमा प्रस्तुत हुदैं आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इल साल्भाडोरका नागरिकलाई प्रदान गर्दै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस(टिपिएस)सेवा बन्द गर्ने तयारी थालेको छ।

Tata
GBIME
Nepal Life

यस देशका नागरिकलाई प्रदान गर्दै आएको टिपिएस सेवा सेप्टेम्बर ९, २०१९ बाट बन्द हुने अमेरिकी इमिग्रेसन हेर्ने होमल्यान्ड सेक्युरेटीले जनाएको छ।

टिपिएस अवैध रुपमा अमेरिका बसोबास गरिरहेका विभिन्न देशका नागरिकलाई विपदका बेला निश्चित समयका लागि प्रदान गरिने वैधानिक सुविधा हो। इल सल्भाडोरमा सन् २००१ मा भूकम्प गएसँगै अमेरिकामा अवैध रुपमा बसिरहेका त्यहाँका नागरिकले यो सेवा पाएका थिए। ट्रम्प प्रशासनको यो निर्णयसँगै २ लाख ६५ हजार सल्भाडोरका नागरिकले अमेरिका छाड्नुपर्नेछ वा उनीहरुले अमेरिकामा बस्न वैधानिक प्रक्रिया थाल्नुपर्नेछ।

अमेरिकामा सुडान, हैटी, निकरागुवा, नेपाललगायतका नागरिकले पनि यो सेवा पाउदै आएका छन्। अमेरिकामा यो सेवा सबैभन्दा धेरै सल्भाडोरका नागरिकले पाएको उल्लेख छ।

नेपाली पनि प्रभावित हुने

टिपिएस सेवा बन्द भएमा यसबाट नेपालीहरुसमेत प्रभावित हुने छ। नेपालमा दुई वर्षअघि भूकम्प गएपछि अमेरिकामा अवैध रुपमा बसिरहेका नेपालीलाई टिपिएस सेवा प्रदान गरिएको थियो।

भूकम्पका कारण गत २४ जुन २०१५ देखि अमेरिकी सरकारले नेपालीहरुलाई टिपिएस सुविधा प्रदान गरेको हो ।१८ महिनाका लागि दिदै आएको टिपिएसको म्याद यसअघि सकेर नवीकरण गरेको थियो। थपिएको म्याद आगामी २४ जुन २०१८ मा सकिदैछ।