कलर्सको एस -११ मोबाइलको बिक्री सुरु, साढे १६ हजारको मोबाइल अनलाइनबाट किन्दा साढे १२ हजारमा

बिजमाण्डू
२०७४ पुष २८ गते २०:४४ | Jan 12, 2018
कलर्सको एस -११ मोबाइलको बिक्री सुरु, साढे १६ हजारको मोबाइल अनलाइनबाट किन्दा साढे १२ हजारमा
काठमाडौं।कलर्स मोबाइलले एस सिरिज समूह अन्तर्गतको मोबाइल फोन एस- ११ सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार एस सिरिजमा आएको अत्याधुनिक फोन भएको र यसमा मेडियाटेक ५७३७ डब्लु चिपसेट जडान गरिएको छ।मिडिया टेक इन्कर्पोरेटेडका एशिया र अफ्रिकाका कर्पोरेट सेल्स एण्ड बिजनेश डेभलपमेन्टका उपमहाप्रवन्धक आर्थर वाङ, टेलिटक प्रालिका निर्देशक प्रतिक जालान र दराज केमुका प्रवन्ध निर्देशक राजीव अमात्यले संयुक्त रुपमा मोबाइलको सार्वजनिक गरे।यो मोबाइलमा प्रभावशाली दोहोरो क्यामरा छ।यो मोबाइलको मूल्य १६ हजार ४ सय ९५ रुपैयाँ छ।

तर कम्पनीले दराजबाट अनलाइनमार्फत खरीद गरेमा १२ हजार ४ सय ९५ रुपैयाँमा बिक्री गर्ने जनाएको छ।मोबाइल खरीद गर्नेले १२ सय एमबिको एनसेल डाटा र दराजमा अर्को पटकको खरीदमा अढार्इ सय रुपैयाँको गिफ्ट भौचर समेत पाउने कम्पनीले जनाएको छ।कम्पनीका निर्देशक जालानले नवीन खोजसहितको मोबाइल बजारमा ल्याएको बताए।मोबाइलमा मेटालिकका साथ फिन्गर प्रिन्ट सेन्सर पनि छ । मोबाइलमा ३ जिबी ¥याम र १६ जिबी रोम छ।