वीरगंजमा चिनियाँ लगानीकर्ताको आकर्षण, वीरगंज चिनियाँ लगानीको चार वटा उद्योग




वीरगंज।पछिल्लो समयमा वीरगंजमा चिनियाँ लगानीकर्ताको विशेष आकर्षण देखिन थालेको छ।वीरगंजमा चिनियाँ लगानीकर्ताले लगानी साम्राज्य फैलाउन थालेका छन्।

चिनियाँ लगानीकर्ताले तीन वटा उद्योग संचालनमा ल्याइसकेका छन् भने थप नयाँ उद्योग संचालनको तयारीमा छ।चिनियाँ लगानीकर्ताले जितपुर सिमरामा हिमालय फूड्स इन्टरनेशनल प्रालिमा २० करोड लगानी गरेर उद्योग संचालनमा ल्याएका थिए।संयुक्त लगानीको यो उद्योगमा विनय शर्मा र हरिप्रसाद लामिछाने साझेदार छन्।यो बधशाला हो।यो उद्योगबाट राँगा र भैसीको मासु विदेश निकासी हुन्छ।

उद्योगले हकभोग गर्ने जग्गाको विषयमा स्थानीय प्रशासन तथा अदालतमा मुद्दा परेपछि केही वर्ष उद्योग बन्द भयो।तर अहिले यो उद्योग संचालनमा आइसकेको छ।उद्योगमा ट्रिटमेन्ट नगरि पानी श्रीर्सिया खोलामा फालेको भन्दै उद्योग बन्द गर्न स्थानीय प्रशासनमा उजुरी परेको थियो।चिनियाँ लगानीकै अर्को उद्योग रामपुर टोकनीको एभरेष्ट र नेशनल छाला उद्योग संचालनमा छ।

६ वर्षअघि वीरगंजका व्यवसायी सन्जय गिरीको एभरेष्ट लेदर भाडामा लिएर चिनियाँ लेदर कम्पनी झुफुङ्गले परवानीपुरबाट छाला उद्योग सञ्चालनमा रुचि देखायो।नेपाल भारत खुल्ला सीमा कारण भारतबाट सहजै राँगाभैसी आयात गर्न सकिने भएकोले वीरगंजमा छाला उद्योग धेरै स्थापना भएका हुन्। उद्योगको सम्भावना देखेर झुफुङगले रामपुरटोकनीमा उद्योग भाडामा लिइ उत्पादन थालेको थियो ।

शुरुमा कम्पनीको प्राविधिक पक्ष र मेशिनको अपग्रेडिग गरी छाला उद्योग सञ्चालनमा ल्याएको हो ।उद्योगले ‘वेट ब्लु’ छाला प्रशोधन गरी केरुङ नाकाबाट चीन निर्यात हुन्छ ।चिनियाँ लगानीकर्ताले विजय हाडाको नेशनल लेदर पनि भाडामा लिइ उत्पादन क्षमता बढाएको छ।वेट ब्लु छाला चीन पुगेपछि क्रस्ड र फिनिस्ड छाला बनाइन्छ ।यही छालाबाट ज्याकेट,पर्स,बेल्ट,पन्जा,झोला बन्छ।

चिनियाँ लगानीको व्यवस्थापन तथा सञ्चालक आएपछि भारतको कोलकाता र केरुङ नाका दुबै बाट ‘वेट ब्लु’ लेदर चीन पठाउने गर्छ ।दुई उद्योग सञ्चालनमा आएपछि प्रतिदिन ३६ वर्ग फिटको करिब ५ सय छाला उत्पादन हुदैँ आएको छ ।

विस्कुट उत्पादन गर्दै
चिनियाँ झुफुङ्ग लेदरले रामपुर टोकनीमै सञ्चालनमा रहेका छाला उद्योग परिसरमै अर्को नयाँ उद्योग सञ्चालनमा ल्याउँदै छ ।

अागामी महिनादेखि कुकुरको लागि छालाबाट बनाइने विस्कुट उत्पादन गरी अमेरिका,जापान,यूरोप देशमा निर्यात गर्ने कम्पनीले लक्ष्य राखेको छ ।कुकुरलाई खाने विस्कुटको उद्योग सम्भवत नेपालमै पहिलो हो।चीनको प्राविधिक र मेशिनरी ल्याएर विस्कुट उत्पादन थालेको हो।एक विघा क्षेत्रफलमा तीन उद्योग छ।




Share this Story

   

वीरगंजमा चिनियाँ लगानीकर्ताको आकर्षण, वीरगंज चिनियाँ लगानीको चार वटा उद्योग को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.