अर्थसचिव अधिकारीको निर्देशन-‘पूँजी बजारमा उत्पादनमूलक क्षेत्रलार्इ पनि ल्याउनुस’

बिजमाण्डू
२०७४ पुष ३० गते १०:४२ | Jan 14, 2018

काठमाडौं।अर्थसचिव शंकरप्रसाद अधिकारीले पूँजी बजारमा बैंक तथा वित्तिय संस्था मात्रै रहेकोले उत्पादनमूलक क्षेत्रलार्इ समेत ल्याउन आवश्यक रहेको बताएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल स्टक एक्सचेन्जको शनिबार २५औं वार्षिक साधारणसभामा उनले यो धारणा राखेका हुन्।‘रियल सेक्टरको विकास विना पूँजी बजारको विकास सम्भव छैन।यो क्षेत्रलार्इ ल्याउन तपार्इँहरुले पहल गर्नुहोला’उनले भने,यो वाहेक गैरआवासीय नेपालीलार्इ समेत पूँजी बजारमा ल्याउन अर्थमन्त्रालय तयार छ।‘राजस्व सचिव शिशिर ढुंगानाले पूँजी बजारको विकासका लागि नेप्सेले धेरै काम गर्न बाँकी रहेको बताए।उनले नेप्सेमा सुधार गरेर पूँजी बजारको विकासमा लाग्नुपर्ने बताए।

ढुंगानाले लगानीकर्तालार्इ आफ्नो समस्या संचारमाध्यममा लिएर जानु भन्दा सरकारी निकायमा आउन आग्रह गरे।उनले ऋणपत्र बजारलार्इ व्यवस्थित गर्नुपर्ने बताए।उनले शेयर बजारको विकासका लागि देशभरि छरिएको पैसालार्इ पूँजी बजारमा रुपान्तरण गर्नुपर्ने बताए।नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले उत्पादनमूलक क्षेत्रलार्इ पूँजी बजारमा ल्याउन जोखिम भएकोले सुरुमा १० प्रतिशत मात्रै शेयर जारी गर्न पाउने प्रावधान ल्याएको बताए।

उनले बजार विकासका लागि नागरिक लगानी कोषलार्इ ल्याउने काम अघि बढिसकेको बताए।कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेप्सेको सुधारको लागि क्षमता अभिवृद्धि गर्दै नविन प्रविधि प्रयोग गर्न सुझाब दिए।नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिका पौडेलले छिमेकी मुलुकको पूँजी बजारको विकासको तुलनामा नेपालको बजार १९ औ शताव्दीमा नै रहेको बताए। पौडेलले अनलाइन प्रणाली आएपछि बैंकलार्इ पनि ब्रोकर लाइसेन्स दिन अनुरोध गरे।

नेपाल स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले पूँजी बजारको विकासका लागि नीतिगत समस्या संबोधन गर्नुपर्ने बताए।उनले बण्डको कारोबार तथा बजारको विकास गरेमा तरलता समस्या समाधान हुने बताए।नेप्सेका महाप्रवन्धक चन्द्रसिंह साउदले अनलाइन प्रणालीमा गएपछि विदेशमा बसेका नेपालीले समेत शेयर खरीदबिक्री गर्न पाउने बताए।नेप्सेले रजत जयन्तीमा गरेको विभिन्न कार्यक्रमका उत्कृष्टलार्इ पुरस्कार वितरण गरेको थियो।

बुल रेसमा महिलातर्फ पहिलो हुने मुना देवकोटा र पुरुषतर्फ पहिलो हुने विक्रम महर्जनले ३० हजार नगद पुरस्कार पाएका थिए। दोस्रो हुनेमा महिलातर्फ सुलोचना शाही र पुरुषतर्फ रामहरी बस्नेतले २० हजार रुपैयाँ नगद पुरस्कार पाएका थिए। तेस्रो हुनेमा महिलातर्फ अञ्जना देवी रार्इ र पुरुषतर्फ कुमार घिमिरेले १० हजार रुपैयाँ नगद पुरस्कार पाएका थिए।नेप्सेका बुद्धिराम अधिकारी र सुदर्शन उपाध्यायले स्वर्ण पदक पाएका थिए।