मञ्जुश्री र जेबिल्सले गरे लाभांश घोषणा, मञ्जुश्रीले ६% र जेबिल्सले ३.५७% बोनस शेयर दिने

बिजमाण्डू
२०७४ पुष ३० गते १२:३५ | Jan 14, 2018

काठमाडौँ। दुई फाइनान्स कम्पनीले गत बर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन्। मञ्जुश्री फाइनान्स र जेबिल्स फाइनान्सले लाभांश घोषणा गरेका हुन्।

Tata
GBIME
Nepal Life

मञ्जुश्री फाइनान्सले गत बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र उक्त बोनसको कर प्रयोजनकोलागि ०.३२ प्रतिशत नगद लाभांश दिने भएको छ।

कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन्।  हाल फाइनान्सको चुक्ता पूँजी ७२ करोड ४३ लाख ७८ हजार पाँच सय रहेको छ।

फाइनान्सले राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउन पाँच प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ। हकप्रद निष्कासन गर्न फाइनान्स नेपाल धितोपत्र बोर्डको अनुमति पर्खाइमा छ। लाभांश र हकप्रद पछि कम्पनीको चुक्ता पूँजी ८० करोड ४० लाख नाघ्ने छ।

जेबिल्स फाइनान्सले पछिल्लो पटक बितरण गरेको शतप्रतिशत हकप्रद र घोषणा गरेको ४० प्रतिशत हकप्रदलाई समेत समायोजन गरि कायम भएको चुक्ता पूँजीको ३.५७ प्रतिशत बोनस शेयर दिने भएको छ। घोषणा भएको लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन्।