प्रतिवेदन पेश गर्न ढिलाई गरेपछि नेप्सेलाई सेबोनले गरायो सचेत, चुस्त काम गर्न निर्देशन

बिजमाण्डू
२०७४ पुष ३० गते १३:२५ | Jan 14, 2018

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले समयमै विवरण तथा प्रतिबेदन पेस नगरेको भन्दै नेपाल धितोपत्र बोर्डले  सचेत गराएको छ।
नेपाल स्टक एक्सचेञ्ज धितोपत्र बजारको "फ्रन्ट लाइन रेगुलेटर" भएकोले सुचिकृत कम्पनीलाई नियमन गर्नुपर्ने दायित्व स्टक एक्सचेन्जकै रहेकोले समयमा बिबरण तथा प्रतिबेदन पेस नगरेको भन्दै बोर्डले पुस १९ गते पत्र लेख्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

Tata
GBIME
Nepal Life

बोर्डले नेप्सेलाई बजार अनुगमन तथा सुपरिबेक्षणका सम्बन्धमा चुस्त दुरुस्त काम गर्न कडा निर्देशन दिएको समेत छ।

धितोपत्र बजार संचालन नियमावली २०६४ को दफा २६ मा धितोपत्र संञ्चालकले जानकारी, बिबरण तथा प्रतिबेदन पेस गर्नुपर्ने उल्लेख छ। सोहि नियम अनुसार नेप्सेले विवरण पेश गर्नुपर्छ। तर नेप्सेले लामो समयदेखि समयमै विवरण पेश नगरेको बोर्डको आरोप छ।
 
नेप्सेले फ्रन्ट लाइन रेगुलेटरको भूमिका निर्बाह गर्दै सुचिकृत कम्पनी लगायतलाई सुपरिबेक्षणका साथै निर्देशन दिने गरेको छ। नेप्सेमा सुचिकृत कम्पनीलाई सूचीकरण हुनु पूर्वनै थुप्रै सर्तहरु सहित सम्झौता गर्ने गरेको छ।

सम्झौता अनुसार कम्पनीहरुले सूचना नदिए नेप्सेले दोस्रो बजारको कारोबार रोक्नेसम्मको कारबाही गर्न सक्छ। तर नेप्सेले नै बोर्डमा सूचना ढिला दिने गरेपछि बोर्डले पत्रमार्फत नै काममा ढिलाई नगर्न सचेत गराएको हो।