आशा लघुवित्तको फिल्ड कर्मचारीलाई तालिम, दुई दिनसम्म लघुवित्तका बारे जानकारी

बिजमाण्डू
२०७४ पुष ३० गते १४:५१ | Jan 14, 2018
आशा लघुवित्तको फिल्ड कर्मचारीलाई तालिम, दुई दिनसम्म लघुवित्तका बारे जानकारी
काठमाडौं। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले क्षेत्रीय तालिम केन्द्र चितवनमामा दुई दिने तालिम कार्यक्रम आयोजना गरेको छ। बैंकले आफ्ना २० वटा शाखा कार्यालयका सम्पुर्ण फिल्ड कर्मचारीलाई लघुवित्त व्यवस्थापन तालिम दिएको हो। 


 
कार्यक्रममा वर्तमान परिस्थितीमा विपन्न वर्गमा लघुवित्त कार्यक्रमको प्रभावकारीता, सम्भावना र चुनौती, कर्मचारीको व्यक्तित्व विकासका विषयमा तालिम दिईएको थियो। 
 
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलाल, मानव संशाधन तथा कार्य संचालन विभाग प्रमुख जीवन खनाल, कर्जा तथा अनुगगन विभाग प्रमुख रविन खतिवडा, सुचना प्रविधि विभागका सुदिप रेग्मी, अनुगमन अधिकृतहरु सुजित खतिवडा, सुशिल पौडेल र शाखा कार्यालय भरतपुर, चितवनको शाखा प्रबन्धक कमला बश्यालले तालिम दिएका थिए। 

Tata
GBIME
Nepal Life