कमोडिटी कारोबारमा अन्तर्राष्ट्रिय कम्पनी, बेलायतको जिमेक्सले दियो धितोपत्र बोर्डमा आवेदन

बिजमाण्डू
२०७४ पुष ३० गते १५:१२ | Jan 14, 2018

काठमाडौं।नेपाल धितोपत्र बोर्डमा गैरआवासीय नेपालीको सहकार्यमा बेलायतको जिमेक्स कमोडिटी एक्सचेन्जले आवेदन दिएको छ।

Tata
GBIME
Nepal Life

बोर्डका अनुसार जिमेक्सलार्इ रणनीतिक साझेदारको रुपमा भित्र्याएर गैरआवासीय नेपाली संघका महासचिव बद्री केसीले आवेदन दिएका हुन्।वस्तु तथा विनिमय बजार सम्वन्धि ऐन आएपछि नयाँ कमोडिटी एक्सचेन्जका लागि बाटो खुलेको थियो।यही आधारमा कम्पनीले कमोडिटी कारोबारका लागि आवेदन दिएको हो।

ऐनपछि बोर्डले ल्याएको वस्तु तथा विनिमय बजार सम्वन्धि नियमावलीको दफा १५ मा रणनितिक साझेदारको व्यवस्था गरिएको छ। यही आधारमा एनआरएनले ५१ प्रतिशत जिमेक्सको हुने तथा बाँकी एनआरएनको हुने भन्दै निवेदन दिएको हो। नयाँ ऐन अनुसार कमोडिटी एक्सचेन्जले ५० करोड रुपैयाँ चुक्ता पूँजी जुटाउनु पर्नेछ।

बोर्डका निर्देशक मुक्तिनाथ श्रेष्ठले जिमेक्सबाट आवेदन आएको बताए।उनका अनुसार डुकुमेन्ट हेरेर प्रकृया अगाडि बढाइनेछ।बेलायतमा रहेको जिमेक्स समूहले विभिन्न वित्तिय कारोबारमा सहभागी भएको छ।यो समूह अन्तर्गत जिमेक्स टेक्नोलोजी, जिमेक्स इन्नोभेसन,जिमेक्स सर्भिस र जिमेक्स इन्भेष्टमेन्ट अन्तर्गत कारोबार गर्दै आएको छ।

जिमेक्स इन्भेष्टमेन्टमार्फत कम्पनीले ताजकिस्तानमा क्लोज्ड जोइन्ट स्टक कम्पनी सेन्ट्रल डिपोजिटरी,अफ्रिकामा फिनकमइको लिमिटेड, बेलायतमा ग्लोबल डेरिभेटिभ्स इन्डिक्सेज,ग्लोबल रिर्पोटिङ कम्पनी युके,लण्डन डेरिभेटिभस् र अमेरिकामा सिड्स सिएक्स संचालन गरिरहेको छ। ऐन आउनुअघिनै संचालनमा रहेका तीन वटा कमोडिटी एक्सचेन्जले भने अहिलेसम्म आवेदन दिएका छैनन्।संचालनमा रहेका कम्पनीलार्इ थप करार नगर्न भन्दै बोर्डले निर्देशन दिइसकेको छ।