एक महिना कार्यकाल बाँकी रहँदा राष्ट्र बैंकमा विकेमान सिंह बहाली,योग्यताबिरुद्धको रिट खारेज




काठमाडौं। करिव १४ महिना अगाडि निलम्बनमा परेका वालकृष्णमान सिंहलाई सर्बोच्च अदालतले पुनर्वहाली गरिदिएको छ। अदालतले पुनर्स्थापित गरिदिए पनि फैसलाको पत्र बोकेर उनी राष्ट्र बैंक गइसकेका छैनन्। उनको कार्यकाल आउँदो फागुन ३ गते सकिँदैछ।
 
सिंहको योग्यता बारे परेको रिटमा सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गरि रिटको टुङ्गो नलागुन्जेल काम नगर्न/नगराउन भनेको थियो। करिव १४ महिनापछि सर्बोच्चले पुरानो रिट खारेज गरिदिएर पुनर्स्थापनाको बाटो खोलिदिएको हो। 
 
तत्कालिन प्रधान न्यायाधिश सुशिला कार्की र न्यायाधिश प्रकाशमान सिंह राउतको इजलासले सिंहको योग्यता मुद्दामा सुनुवाइ गरेको थियो। नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार सिंहको योग्यता नपुग्ने भन्दै अभिबक्ता शम्भु दुवाडीले सर्बोच्चमा मुद्दा दायर गरेका थिए।
 
सिंह चार्टर्ड एकाउन्टेन्ट हुन्। राष्ट्र बैंक ऐनमा सञ्चालकको योग्यता अर्थशास्त्र, बाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन लगायत विषयमा स्नातकोत्तर हुने उल्लेख छ। यसैलाई आधार बनाएर दुवाडीले मुद्दा दायर गरेका हुन्। 
 
सिंहलाई झन्डै पाँच बर्ष अघि बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्र बैंक सञ्चालकमा नियुक्त गरेको थियो। 


Share this Story

   

एक महिना कार्यकाल बाँकी रहँदा राष्ट्र बैंकमा विकेमान सिंह बहाली,योग्यताबिरुद्धको रिट खारेज को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.