शेयर बजारले बनायो लगानीकर्तालाई निरास, दोहोरो अंक झर्नबाट जोगियो, कारोबार पनि खुम्चियो

बिजमाण्डू
२०७४ पुष ३० गते १५:३७ | Jan 14, 2018
शेयर बजारले बनायो लगानीकर्तालाई निरास, दोहोरो अंक झर्नबाट जोगियो, कारोबार पनि खुम्चियो
काठमाडौं। साताको पहिलो दिन आइतबार शेयर बजारसँगै कारोबार रकम पनि घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक ९.१९ अंकले घटेर १४३१.१० अंकमा ओर्लिएको छ। 
 
कारोबारको पहिलो सात मिनेटमा एक अंक घटेको बजारले ११औं मिनेटमा घटेको अंक पूर्ति गर्दै थप एक अंक बढेको थियो। त्यसपछि ओरालो लागेको बजारले पहिलो एक घण्टामै १० अंक गुमाएको थियो।
 
दोस्रो घण्टा केहि सुधार देखिएको बजारमा तेस्रो घण्टा पुन: गिरावट आएको थियो। कारोबारको अन्तिम ६ मिनेटमा बजार पाँच अंक सुधार हुँदा बजार दोहोरो अंकले घट्न पाएन। 
 
दिनभरीमा १५२ कम्पनीका ६ लाख ७० हजार कित्ता शेयर ३२ करोड रुपैयाँमा कारोबार भएको छ। गत बुधबार ३७ करोड रुपैयाँको कारोबार भएको थियो। कारोबार रकम बुधबारको तुलनामा पाँच करोड रुपैयाँ कम हो। सबैभन्दा बढी फरवार्ड माइक्रोफाइनान्सको एक करोड ९३ लाख रुपैयाँको कारोबार भएको थियो।
 
उपसुचक मिस्रित देखिएका छन्। नौ समुहको कारोबारमा दुई समूह बढेका छन् भने सात समूह घटेका छन्। बैंक ८.८, होटल २५.९८, विकास बैंक २०.७९, फाइनान्स ९.७६, बीमा ९७.७९, उत्पादन मुलक ४८.५१ र लघुवित्त २६.३ अंकले घटेका छन्। जलाबिद्युत ५५.३७ र अन्य ३.६६ अंकले बढेका छन्।  
 
चिलिमे जलबिद्युत कम्पनीका शेयरधनीले सबैभन्दा बढी करिब सात प्रतिशत कमाए। सेन्ट्रल फाइनान्सका शेयरधनीले करिब सात प्रतिशत गुमाए। 

Tata
GBIME
Nepal Life