हेटौँडा सिमेन्टको भाउ बोरामा १०३ रुपैयाँले बढ्यो, ५० किलो सिमेन्टलाई ९४० रुपैयाँ पर्ने




हेटौंडा। सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य बढाएको छ। कम्पनीले प्रति बोरा १०० रुपैयाँभन्दा केही बढी मूल्य वृद्धि गरेको हो। उद्योगका अनुसार अन्य सिमेन्टमा मूल्य बढेपछि मात्र हेटौँडा सिमेन्टले मूल्य बढाएको हो।
 
उद्योगको सञ्चालक समितिको बैठकले प्रतिबोरा सिमेन्टमा १०३ रुपैयाँ ३५ पैसा मूल्य वृद्धि गरेको हो। अहिले सिमेन्टको मूल्य भ्याटसहित प्रतिबोरा ९१२ बिक्री मूल्य पुगेको छ। उद्योगले यसअघि ५० केजीको बोराको सिमेन्ट उद्योगबाट डिलरलाई प्रतिबोरा ७९५ मा बिक्री गर्दै आएको थियो।  उद्योगले डिलरलाई दिँदै आएको कमिशनमा समेत वृद्धि गरेको छ।
 
प्रतिबोरा १० रुपैयाँ कमिशन दिँदै आएकामा अब १५ पुर्याएको छ। मूल्य वृद्धि गर्नुअघि उपभोक्ताले प्रतिबोरा ८३० मा सिमेन्ट खरिद गर्ने गरेकामा अहिले ९४० प्रतिबोरा सिमेन्टको मूल्य पुगेको  छ। ९४० रुपैयाँमा हेटौँडाका डिलरले सिमेन्ट बिक्री गरिरहेका छन्।
 
शिवम्, उदयपुरलगायत सिमेन्ट उद्योगले सिमेन्टको मूल्य वृद्धि गरेको र कच्चा पदार्थको मूल्य वृद्धि भएकाले बाध्य भएर हेटौँडा सिमेन्ट उद्योगले पनि मूल्य वृद्धि गर्नुपरेको सञ्चालक समितिका अध्यक्ष रघुरमण न्यौपानेले बताए।
 

Share this Story

   

हेटौँडा सिमेन्टको भाउ बोरामा १०३ रुपैयाँले बढ्यो, ५० किलो सिमेन्टलाई ९४० रुपैयाँ पर्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.