माल्याको 'किङफिसर हाउस'को लिलामी बन्यो बैंकहरुको टाउको दुखाई, छैठौं कोशिश सफल होला?




मुम्बई। टाट उल्टिएका भारतीय ब्यापारी बिजय माल्याको बन्द भएको किंगफिसर एयरलाइन्सका तत्कालीन मुख्यालय किंगफिसर हाउसको छैठौं पटक लिलामी प्रयास हुने भएको छ।
पहिलो लिलामीको बोलीकालागि न्यूनतम दर ८२ करोड भारु तय भएको छ जुन यस अघिको भन्दा आधा कम हो।

यसअघि यसको न्यूनतम रकम ९२ करोड रुपैयाँ तय गरिएको थियो। हाल उक्त रकममा ४५ प्रतिशत कम गरिएको छ।


बेंगलुरुको डेट्स रिकभरी ट्राइब्यूनलले यसलाई छैठौं पटक बेच्ने कोशिश गरेको हो।

आगामी १३ फेब्रुअरीमा इ-अक्सनको माध्यमबाट किंगफिसर हाउसको लिलामी गरिने बताइएको छ।

ट्राइब्यूनलले ६ हजार २०३ करोड रिकभरीकालागि रिकभरी सर्टिफिकेट जारी गरेको छ। यसमा लागत तथा सन् २०१३ देखिको ११.५ प्रतिशत ब्याज पनि संलग्न छ।

अघिल्लो वर्षको मे महिनामा यसको पाँचौपटक लिलामीको प्रयास गरिएको थियो जुन सफल हुन सकेन। किनभने कसैले पनि किंगफिसर हाउसको लागि बोली लगाउनै सकेन। रियल स्टेट ब्रोकरहरुले यसको मूल्य हाल बजारमा चलेको मूल्यभन्दा धेरै महंगो भएको बताएका छन्। प्राइम लोकेसनमा रहेको यो भवन छत्रपति शिवाजी इन्टरनेशनल एयरपोर्ट टर्मिनल १ मा रहेको छ।

बैंकहरुले किंगफिसर हाउसको मूल्य १५० करोड भारु भनेका छन्। तर रियल स्टेट एक्सपर्टहरुले एयरपोर्टको एकदमै नजिक भएकाले त्यस क्षेत्रमा प्रोपर्टीलार्इ अग्लो हुने गरी बिस्तार गर्न नमिल्ने भन्दै भवन खरिद गर्न रुचि देखाएका छैनन।

यसअघि गोवामा माल्याकै किंगफिसल भिल्ला बेच्न गरिएको प्रयास पनि पटक पटक भएको प्रयास असफल भएको थियो। हाल उक्त भिल्ला भने ब्यापारी तथा अभिनेता सचिन जोशीले ७३ करोडमा किनिसकेका छन्।

Share this Story

   

माल्याको 'किङफिसर हाउस'को लिलामी बन्यो बैंकहरुको टाउको दुखाई, छैठौं कोशिश सफल होला? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.