ग्लोबल आइएमर्इ बैंकको वुर्तिबाङमा शाखा, आर्थिक सम्वृद्धिमा टेवा दिने

बिजमाण्डू
२०७४ पुष ३० गते ००:०० | Jan 14, 2018
ग्लोबल आइएमर्इ बैंकको वुर्तिबाङमा शाखा, आर्थिक सम्वृद्धिमा टेवा दिने


काठमाडौं।ग्लोबल आइएमर्इ बैंकले बाग्लुङको वुर्तिबाङमा शाखा खोलेको छ।यो शाखाको उद्घाटन बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बाग्लुङका सांसद देवेन्द्र पौडेलले संयुक्त रुपमा गरे।

Tata
GBIME
Nepal Life

सोही शाखामा रहेको एटीएमको शुभारम्भ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले गरे।बैंक अध्यक्ष ढकालले बैंकिङ पहुँच भन्दा टाढा रहेका क्षेत्रमा सम्भव भए शाखा र शाखा विस्तार गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ सेवा विस्तार गर्ने बताए।बैंकले साना व्यवसायी कर्जा,कृषि कर्जा,होम लोन लगायतका सेवामार्फत वुर्तिबाङको आर्थिक सम्वृद्धिमा टेवा पुग्ने उनले बताए।