एभरेष्ट बैंकले यसरी पुर्याउने भयो ८ अर्ब, कर्मचारीका लागि इ-लर्निङ मोबाइल एप ‘सरस्वती’ सार्वजनिक

बिजमाण्डू
२०७४ पुष ३० गते १८:१० | Jan 14, 2018

काठमाडौं।एभरेष्ट बैंकले बोनश शेयर र नगद लाभांश दिएर ८ अर्ब चुक्ता पूँजी पुर्याउने भएको छ।

Tata
GBIME
Nepal Life

बैंकको आइतबार भएको साधारणसभाले ३३ प्रतिशत बोनश शेयर र १ दशमलब ७४ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) दिने प्रस्ताव पारित गरेको छ।अब वितरण हुने बोनश शेयरपछि बैंकको चुक्ता पूँजी ८ अर्ब भन्दा बढी हुने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।साधारणसभा पारेर बैंकले पाँच वटा नयाँ शाखा समेत खोलेको छ।

महोत्तरीको पिपरा, स्याङ्जाको बिरुवा, नुवाकोटको दुप्चेश्वर, बर्दियाको बनसादी र डोटीको शिखरमा आफ्नो नयाँ शाखा खोलेको हो ।बैंकले मोरङको बिराटचोक, इलामको फिक्कल, रौतहटको गौरादह, कैलालीको लम्की र झलारीमा नयाँ एक्टेन्सन् काउन्टर खोलेको छ ।

बैंकले साधारण सभाको अबरसरमा आफ्ना कर्मचारीको क्षमता अभिवृद्धिको लागि केन्द्रिय कार्यालयमा ‘इबिएल ट्रेनिङ एकेडेमी’ समेत संचालनमा ल्याएको छ । प्रविधिमा लगानी बढाउदै बैंकले कर्मचारीको लागि इ लर्निङ मोवाइल एप ‘सरस्वती’को समेत सुरुवात गरेको छ ।बैंकले  बार्षिक उत्सबको अबसर पारेर प्रतिबिम्ब नामक बार्षिक प्रकाशन सुरु गरेको छ ।