सजिलो पार्ने निहुँमा एपहरुले यसरी बिगारिदिन्छ मोबाइल, हानिकारक एप चिनौं डिलिट गरौं

बिजमाण्डू
२०७४ माघ १ गते १४:५१ | Jan 15, 2018
सजिलो पार्ने निहुँमा एपहरुले यसरी बिगारिदिन्छ मोबाइल, हानिकारक एप चिनौं डिलिट गरौं


एन्ड्रोइड फोनमा हामीले धेरै किसिमका एपहरु प्रयोग गर्छौं। यस्ता धेरै एपहरु छन् जसले मोबाइलका लागि आवश्यक फङ्सनका रुपमा काम गरे झैं लागेपनि त्यसले मोबाइललाई हानी पुर्याइरहेको हुन्छ।

Tata
GBIME
Nepal Life

तपाईंको मोबाइलमा पनि यस्ता एपहरु हुन सक्छन् जसले तपाईंको मोबाइलमै भएर पनि कमान्ड सुनिरहेको हुँदैन र मनलाग्दी बिगार गर्न सक्छ। यदि तपाईंले मोबाइलमा आउने एडलाई स्किप गर्दा पनि स्किप भैरहेको छैन भने सजग भइहाल्नुहोस् ति एडहरु जुन एपका कारण आएका हुन् त्यस्ता एपहरु मोबाइल सेटको लागि हानिकारक हुन्छ।

यूसी ब्राउजर
यूसी ब्राउजरले फास्ट ब्राउजिङ गर्ने दावी गर्छ तर यसले तपाईंको फोनको प्रोसेसिङलाई पनि धेरै नै स्लो बनाइदिन्छ। फास्ट ब्राउजिङका कारण यो मोबाइलमा धेरै ‘कैस’ फाइलहरु क्रियट हुन्छ जसले मोबाइललाई ह्याङ गरिदिन्छ। यूसी ब्राउजर एपले प्राइभेसी लिक गरिदिने गरेको छ। किनभने यसले  मोबाइलको प्राइभेट इन्फरमेसनहरु चोरी गर्न सक्छ।


 
क्लिन इट
धेरै मानिसहरु मोबाइलमा क्लिन इट एपबाट जंकहरु डिलिट गर्ने गर्छन्। फोनबाट ‘कैस’ डिलिट  गर्ने यस्ता एपले मोबाइललाई स्लो बनाउने त छँदैछ मोबाइलको ब्याट्री पनि कमजोर पारिदिन्छ। यसले कैस डिलिट त गर्छ तर फेरि मोबाइलमा कैस बन्न थाल्छ जुन कामको लागि फोनको ब्याट्री खर्च हुन थाल्छ अनि तपाईंले पटक पटक ब्याट्री चार्ज गर्नुपर्ने हुन्छ।

एन्टिभाइरस एप
यदि तपाईंले एन्टिभाइरस एप प्रयोग गर्नुभएको छ भने थाहा पाइराख्नुस् यसले केवल मेमोरी भर्ने बाहेक कुनै काम गर्दैन। यदि तपाईं गुगल प्ले बाहेक अरु कुनै थर्ड पार्टीबाट कुनै फाइल डाउनलोड गर्नुहुन्छ भने यो एपले त्यस फाइलबाट आउने मालवेयरहरुलाई रोक्न सक्दैन।

फ्ल्यास लाइट

फ्ल्यास लाइटले पनि मोबालमा अनावश्यक मालवेयरहरु ल्याउने गर्छ। यसले मोबाइलको ब्याट्री पनि निकै खर्च गरिदिन्छ। यदि मोबाइल चार्ज गर्दा गर्दा हैरान हुनुहुन्छ भने फ्ल्यास लाइट एपलाई तुरुन्त अनइन्स्टल गरिहाल्नु बेश हो।

कल रिकर्डर र कल रिकर्ड प्रो

यी एपहरुले पनि मोबाइलमा भाइरस ल्याउने काम गर्छ। यसले मोबाइलको प्रोसेसिङलाई स्लो बनाइदिन्छ।

फ्रि वाइफाइ स्क्यानर र रियल टाइम मनिटरिङ

यस्ता एपहरुले मोबाइलको मेमोरीलाई बोझ थप्ने काम मात्र गर्छ। फ्रिमा वाइफाइको सट्टा यसले फ्रिमा भाइरस भने मोबाइलमा भरिदिन्छ।

वी च्याट र शेयर इट
वी च्याट र शेयर इट जस्ता एपहरुले प्राइभेट डाटा लिक गर्न मद्दत गर्छ। साथै शेयर इटले तपाईंको मोबाइलमा अनावश्यक भाइरसहरु भरिदिन्छ।