काठमाडौं। गोर्खा ब्रुअरीले कार्ल्सवर्गको द रेड हप् लिमिटेड–एडिशन बोटल सार्वजनिक गरेको छ। लिभरपुल एफसीसँगको आफ्नो २५औं वार्षिकोत्सव मनाउन कार्ल्सवर्गले लिमिटेड–एडिशनको बियर उत्पादन गरेको हो।
लिभरपुल एफसीसँगको आफ्नो २५औं वार्षिकोत्सवको मनाउन उत्पादन गरिएको द रेड हप् बियरलाई कार्ल्सवर्गको कोपनहेगनमा अवस्थित अनुसन्धान प्रयोगशालाका वैज्ञानिकहरुले विशेष रेड हब बिरुवाको उत्पादन गरेर त्यसलाई लिभरपुल एफसीको २५ वर्षको फुटेज् अवलोकन गरी तयार गरिएको थियो ।
गोर्खा ब्रुअरीका उप-प्रबन्ध निर्देशक सुरेन्द्र सिल्वालले लिमिटेड–एडिशन बारे भने , “लिभरपुलको भाग भएको २५ वर्ष भएको उपलक्ष्यमा क्लबसँगको सम्बन्धलाई अझ गहिरो बनाउन अक्टोबरमा लन्च गरिएको विशेष बियरमा कार्ल्सवर्गको अनुसन्धान प्रयोगशालाका वैज्ञानिकहरुले लिभरपुलको फुटेज् प्रयोग गरी विशेषरुपमा उत्पादन गरेका हब प्रयोग गरी बनाइएको हो । २५ वर्षको म्याचहरुको दृश्य र ध्वनीबाट प्रभावित भएर यसको उत्पादन गरिएको हो।”
गोर्खा ब्रुअरीका बजार निर्देशक वैभव शर्माका अनुसार कार्ल्सवर्ग र लिभरपुल फुटबल क्लबको सम्बन्ध खेलकुद जगतको साझेदारीहरु मध्येकै सबैभन्दा लामो साझेदारी हो ।