एनआइसी एसिया र सिटिजन्स बैंकबाट प्रबर्द्धित कम्पनीका दुई अर्बको म्युचुअल फण्ड स्किम खुला

बिजमाण्डू
२०७४ माघ २ गते ११:३८ | Jan 16, 2018
एनआइसी एसिया र सिटिजन्स बैंकबाट प्रबर्द्धित कम्पनीका दुई अर्बको  म्युचुअल फण्ड स्किम खुला
काठमाडौँ। एनआईसी एशिया ग्रोथ फण्ड सामुहिक योजना र सिआइबिएल क्यापिटलको सिटिजन म्युचुअल फण्डको इकाइहरु मंगलबारबाट निस्कासन गरिएको छ। 
 
एनआइसीको सामुहिक योजना एक अर्ब रुपैयाँको हो। निष्काशन गरिने फण्डमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रबर्द्धक एनआईसी एशिया बैंकलार्इ सुरक्षित गरिएको छ। 


 
क्यापिटलका अनुसार बाँकी ८ करोड ५० लाख इकार्इ विभिन्न संघसंस्था र सर्वसाधरणलार्इ बिक्री गरिने छ। यो योजना छिटोमा माघ ८ गते र ढिलोमा माघ २१ गतेसम्म निष्काशन गरिने क्यापिटलले जनाएको छ। यी इकार्इ न्यूनतम एक सयदेखि अधिकतम २० लाख इकार्इसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ।
 
यसैगरी सिटिजन्स बैंकले प्रबर्द्धन गरेको सिआइबिएल क्यापिटलले सामुहिक लगानी कोष पनि एक अर्ब रुपैयाँ बराबरको हुने छ। कुल १० करोड इकाइ निष्कासन गरिने इकाइहरु लगानीकर्ताले छिटोमा माघ ७ गते र ढिलोमा माघ १७ गतेसम्म आबेदन दिन सक्ने छन्। क्यापिटलले निष्कासन गरेको सामुहिक योजना सात बर्षको बन्दमूखि योजना हो।

Tata
GBIME
Nepal Life