राष्ट्र बैंकले १०० र १००० रुपैयाँ दरका सिक्का निस्कासन गर्दै, १००० रुपैयाँको सिक्का चाँदीको

बिजमाण्डू
२०७४ माघ २ गते १३:२७ | Jan 16, 2018
काठमाडौं। नेपाल राष्ट्र बैंकले त्रिचन्द्र कलेज १०० बर्ष पुरा भएको उपलक्ष्यमा विशेष सिक्का निस्कासन गर्ने भएको छ। मुलुककै पुरानो कलेज १०० बर्ष पुगेको उपलक्ष्यमा त्रिचन्द्र क्याम्पस प्रशासनले राष्ट्र बैंकलाई सिक्का निस्कासनका लागि अनुरोध गरेको थियो।
 
केन्द्रीय बैंकको सञ्चालक समितिले १०० र १००० रुपैयाँ दरका सिक्का छाप्ने निर्णय गरेको हो। दुबै सिक्का ३/३ हजार थान निस्कासन हुने छन्। 
 
१०० रुपैयाँ दरका सिक्का क्याप्रिनिकल धातुको हुने छ भने १००० रुपैयाँ दरको चाँदीको हुने छ। सिक्कामा घण्टाघर र त्रिचन्त्र क्याम्पसको विल्डिङको प्रतिमा हुने छ। सिक्कामा निस्कासन भएको मिति २०७४ पनि उल्लेख हुने छ। यो सिक्का चलनचल्तिका लागि भने निस्कासन नगरिएको सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए। 
 

Tata
GBIME
Nepal Life