अपर साङे जलविद्युत आयोजनाको फाइनान्सियल क्लोजर भयो, प्राइम कमर्सियल बैंकले लगानी गर्ने

बिजमाण्डू
२०७४ माघ २ गते १५:०० | Jan 16, 2018

काठमाडौं।अपर साङे जलविद्युत आयोजनाको फाइनान्सियल क्लोजर भएको छ।

Tata
GBIME
Nepal Life

अप्पर साङे हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरिरहेको २.४ मेगावाट जलविद्युतमा प्राइम कमर्सियल बैंकले लगानी गर्ने भएको छ।कृति क्यापिटल एण्ड इन्भेष्टमेन्टले वित्तिय व्यवस्थापनका लागि परामर्श सेवा दिँदै आएको थियो।

यो आयोजना लमजुङको मर्स्याङदी गाउँपालिकामा छ।यो आयोजनाको विद्युत खरीद सम्झौंता भएर निर्माण सुरु भइसकेको छ।कम्पनीले सन् २०१९को मध्यमा सम्पन्न गर्ने लक्ष्य लिएको छ।