शेयरबजारमा जलविद्युतको झड्का, १७ अंकले घट्दा कारोबार रकम समेत खुम्चियो

बिजमाण्डू
२०७४ माघ २ गते १६:१८ | Jan 16, 2018

काठमाडौँ। मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ। तीन कारोबार दिनमा शेयर बजारले ४२ अंक गुमाएको छ। गत मंगलबार शेयर बजार १४५६.०७ अंकमा थियो।  मंगलबार शेयर बजार मापक सूचक १७.३९ अंकले घटेर १४१३.७१ अंकमा झरेको छ।

Tata
GBIME
Nepal Life

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.७९ अंकले घटेर २९८.४१ अंकमा ओर्लिएको छ।
मंगलबार शेयर बजारमा खरिदकर्ता भन्दा बिक्रीकर्ता बढी थिए। बजारमा बाणिज्य बैंक तर्फका शेयर बिक्रीमा लगानीकर्ताले जोड दिँदा बजार घटेको एक ब्रोकरले बताए।

कारोबारको बीचमा केही समय बीमालाई लगानीकर्ताले खरिदमा जोड दिएका थिए। जलबिद्युत कम्पनीको आउने दोस्रो त्रैमासिकको बित्तीय विवरण सकारात्मक नहुने देखिएकाले जलविद्युतमा भारी गिरावट आएको ती ब्रोकरको दावी छ।      
 
कारोबार खुलेदेखिनै तीब्र घटेको शेयर बजारले एक बजेसम्म १७ अंक गुमाउँदै १४१३ अंक छोएको थियो। त्यसपछि थोरै थोरै सम्हालिएको बजारले दुई बजेसम्म थप तीन अंक गुमाउँदै १४१० अंक छोएको थियो। कारोबारको अन्तिम एक घण्टामा तीन अंक सुधारिदै बजार बन्द भएको हो।

मंगलबार शेयर बजार १५४ कम्पनीका आठ लाख ११ हजार कित्ता शेयर ३६ करोड २२ लाख रुपैयाँमा कारोबार भयो। सोमबारको तुलनामा कारोबार रकम चार करोड रुपैयाँले बढेको छ। आइतबार ३२ करोड रुपैयँको कारोबार भएको थियो।सबैभन्दा बढी सानिमामाइ हाइड्रोपावर कम्पनीको पाँच करोड ४५ लाख रुपैयाँको कारोबार भयो।   

कारोबारमा आएका सबै उपसूचक घटेका छन्। बैंक १२.३, ट्रेडिङ २.८७, होटल ५.२७, विकास बैंक १५.९८, जलबिद्युत १००.०८, फाइनान्स ३.९२, फाइनान्स ३.९२, बीमा ८८.०६, उत्पादनमुलक ३.३४, अन्य ९.१६ र लघुवित्त १७.७ अंकले घटेका छन्।

मंगलबार सबैभन्दा बढी नबिल प्रगति फण्डका शेयरधनीले करिब पाँच प्रतिशत कमाए। सिन्धु विकास बैंकका शेयरधनीले करिब आठ प्रतिशत गुमाए।