एमएस ग्रुपका अध्यक्ष शिवकुमारलार्इ इन्द्रभक्त मेमोरियल सम्मान, ८ हजारलार्इ रोजगारी

बिजमाण्डू
२०७४ माघ २ गते २०:१४ | Jan 16, 2018
काठमाडौं।नेपालको बाणिज्य तथा उद्योग क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएवापत एमएस  ग्रुपका अध्यक्ष शिवकुमार अग्रवाललाई नेपाल चेम्बर अफ कमर्शले ‘इन्द्र भक्त मेमोरियल अवार्ड २०७४’ बाट सम्मान गरेको छ।

Tata
GBIME
Nepal Life

चेम्बरको ६७ औँ वार्षिक समारोहमा  उपराष्ट्रपति नन्दबहादुर पुनले अग्रवाललार्इ सम्मान गरेका हुन्। ७२ वर्षीय अग्रवाल सफल उद्योगीका रुपमा गनिन्छन् । उनको भगवती स्टील, रिलायन्स स्पिनिङ्ग मिल्स, एभरेष्ट सुगर मिल्स, सनराइज डेभलपर्स, म्यारिएट होटलसलगायत एक दर्जनभन्दा बढी उद्योग/व्यवसाय छन्। सो ग्रुपले हाल आठ हजारभन्दा बढीलाई रोजगारी दिइरहेको छ । 
 

यी उद्योगहरुमा उनका छोरा शशी र सुमित र नाति गौवर र उमङ्गले हेर्दै आइरहेका छन् । स्वर्गीय इन्द्रभक्त चेम्बरका पूर्व अध्यक्ष एवं नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष हुन्।