डुबेका कम्पनीलार्इ पुनर्जीवन दिँदै हाथवे, भएको पूँजी गुमाएपछि फर्किएको कम्पनीको सफलताको कथा

बिजमाण्डू
२०७४ माघ ३ गते १४:२१ | Jan 17, 2018
डुबेका कम्पनीलार्इ पुनर्जीवन दिँदै हाथवे, भएको पूँजी गुमाएपछि फर्किएको कम्पनीको सफलताको कथा
काठमाडौं। समस्याग्रस्त कम्पनीको शेयर स्वामित्व आफ्नो मातहत ल्याउने र त्यसको व्यवस्थापन सुधार्ने काम गर्दै आएको हाथवे इन्भेष्टमेन्ट कम्पनीले दुर्इ कम्पनीलार्इ पूनर्जीवन दिइसकेको छ।
 
एनबी इन्स्योरेन्स र अरुण फाइनान्स जस्ता डुबेका संस्थालार्इ फेरि बजारमा प्रतिश्पर्धा गर्न योग्य बनाएको छ। 
 
कम्पनीले दीर्घकालीन, मध्यकालीन र अल्पकालीन रुपमा लगानीको योजना बनाएको कम्पनीका प्रवन्ध निर्देशक अम्बिकाप्रसाद पौडेलले बताए। अल्पकालीन रुपमा शेयर बजारमा लगानी गर्ने तथा  मध्यकालीन तथा दीर्घकालीन रुपमा प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा सहभागिता जनाउने उनको भनाई छ।
 
कम्पनीले प्राइभेट तथा समुहलार्इ कुनै पनि काम गर्न पूँजी निर्माण गर्ने तथा पूँजी जुटाउने छ। उक्त पूँजीलार्इ भ्यालु क्रिएट गर्दै सर्वसाधारणमा इस्यु गर्नेसम्मको योजना कम्पनीले बनाएको छ।
 
जतिबेला शेयर बजारमा संस्थागत लगानीकर्ता एकदमै कम थिए त्यसैबेला पूँजी बजारमा संस्थागत सहभागिता जनाउने गरी हाथ्वे इन्भेष्टमेन्टको स्थापना भयो। २०६५ चैतमा कम्पनी स्थापना हुँदा  एउटा मात्रै म्युचुअल फण्ड थियो।
 
कम्पनीले सामूहिक रुपमा तथा आइएमर्इ ग्रुपको नेतृत्वमा २५ करोड रुपैयाँ पूँजी लिएर शेयर बजारमा प्रवेश गरेको थियो। कम्पनीले पर्यटन लगायतका क्षेत्रमा लगानी गर्ने योजना बनाएको भए पनि शुरुवातमा भने जसरी अघि बढ्न नसकेको स्मरण गर्छन् कम्पनीका प्रवन्ध निर्देशक पौडेल।  त्यसैले कम्पनीले सुरुमा कम्पनीले शेयर बजारमा मात्रै लगानी गर्यो।
 
कम्पनी स्थापना हुनुभन्दा अगाडि २०६५ भदौमा नेप्से सबैभन्दा उच्च अंकमा थियो। त्यसपछि बजार दुर्इ वर्षसम्म लगातार ओरालो लाग्दा कम्पनीले दुर्इ वर्षमा आफ्नो जम्मा भएको पूँजी समेत गुमाउनु परेको उनले बताए।
 
कम्पनीले आधा भन्दा धेरै पूँजी गुमाएपछि फेरि कम्पनीलार्इ नयाँ ढङ्गले अगाडि बढाउने भन्दै तत्काल भएकै लगानीकर्ता मार्फत थप साढे १२ करोड रुपैयाँ पूँजी आह्वान गर्यो। त्यसपछि  भने कम्पनीले पछाडि फर्केर हेर्नु परेन।
 
पूँजी बजारमा आफ्नो उल्लेख्य सहभागिता जनाएको कम्पनीले चन्द्रगिरी हिल्स, डिसहोम, हाइड्रोपावर, बैंक, इन्स्योरेन्स, रि इन्स्योरेन्स तथा फाइनान्स लगायतका कम्पनीमा लगानी गर्दै आएको छ। 
 
कम्पनीले नाफाबाट आफ्नै हाथ्वे कम्प्लेक्स निर्माण गरिसकेको छ। कम्पनीले आफ्नै भवनबाट व्यवसाय गरिरहेको छ। यस भवनमा ७ वटा पव्लिक कम्पनीहरु रहेका छन्।
 
कम्पनीले लगानीकर्तालार्इ राम्रो प्रतिफल त दिइरहेकै छ साथै संस्थागत रुपमा लगानी गर्ने हो भने राम्रो प्रतिफल लिन सकिने रहेछ भन्ने उदाहरण पनि बन्न सकेको छ। 


 
विश्वमै भेन्चर क्यापिटलको कन्सेप्ट आइरहेको अवस्थामा कम्पनीले नेपालमा प्रभावकारी टिमका साथ काम अगाडि बढाइरहेको छ। शेयर बजारको साथ साथै नयाँ बिजनेस कन्सेप्टहरुलार्इ पनि अनुसरण गर्ने कम्पनीको योजना रहेको पौडेलले जानकारी दिए। 
 
कम्पनीको हालको चुक्ता पूँजी ८२ करोड रुपैयाँ छ भने कम्पनीले बैंक तथा फाइनान्सबाट ५० करोड रुपैयाँ भन्दा माथिको ऋण लिएर लगानी गरिरहेको छ। कम्पनीको नेटवर्थ पूँजीको दुर्इ गुणा भन्दा धेरै रहेको कम्पनीले जनाएको छ। 

Tata
GBIME
Nepal Life