८/१० वटा बैंक सही बाटोमा गइरहेका छैनन् जस्तो लाग्छ, शशिन जोशीको अन्तर्वार्ता




शशिन जोशी आधुनिक बैंकिङ सँगसँगै हुर्किएको नाम हो। बैंकिङको लामो विरासत बोकेका जोशी ३१ बर्षपछि अवकास हुँदैछन्। जहाँबाट करियर सुरु गरेको त्यही बैंकको सर्वोच्च पदमा पुगेर बिदा लिने निर्णय उनले गरेका छन्।कठिन अवस्थामा नेपाल राष्ट्र बैंकलेले समेत जोशीसँग सल्लाह माग्ने गर्छ। नयाँ बैंकरका लागि उनी रोल मोडलसमेत हुन्। तर उनको नबिल बैंकबाट बहिर्गमन भने सहज भने देखिएन। बिजमाण्डूका सुदर्शन सापकोटाले शशिन जोशीलार्इ सोधे-चार बर्षे कार्यकालका लागि नियुक्त भएरपनि बीचमै किन बैंक छाड्नुभयो?
 

मौद्रिक नीति कार्यान्वयनमा अलिकति समस्या छ। खासगरी मूल्य बृद्धि स्थायित्व ब्याज दर स्थायित्वमा राष्ट्र बैंक आफू अगाडि आउनु पर्नेमा पछाडि नै बसेको जस्तो लाग्छ मलाई। हालसालै मात्र यसमा केही हामीले नै लिडरसिप लिनु पर्छ भन्ने आभाष आएको जस्तो देखिन्छ, तर पर्याप्त छैन। आगामी दिनमा राष्ट्र बैंकले यसमा केही स्टेप लिए हुन्छ। यसमा अहिलेसम्म चै राष्ट्र बैंक पछाडि बसेको जस्तो लाग्छ।
---
Tata Nexcon AMT
नबिल बैंकमा कार्यकाल पुरा नहुँदै  छाड्दै हुनुहुन्छ? अहिले प्रायको प्रश्न छ, शशिन जोशी नबिल छाडेर कहाँ जान लागे?
तपाईहरुलाई अचम्म लाग्ला, तर यस बारेमा मैले अहिले केही पनि विचार गरेको छैन। म अहिलेलाई ब्रेक नै लिने हो। अलिकति व्यवसायबाट पछि हटेर सोच्ने समय आँफैलाई दिन खोजेको हुँ। 
 
फेरि हामीले कुनै न कुनै रुपमा अर्को बैंकको सिइओका रुपमा भेट्छौं वा आफ्नै व्यवसायमा?
अब फेरि अर्को बैंकमा सिइओका रुपमा जाने सम्भावना मैले धेरै कम देखेको छु। मैले कसैसँग कुरा गरेको पनि छैन र मसँग अरु कसैले कुरा पनि गरेको छैन। मैले अहिलेका लागि त्यो सोचेको पनि छैन। 
 
३१ बर्षको बैंकिङ करियरबाट बिदा हुँदै गर्दा जुन हिसावले हामीले सोचेका थियौं कि तपाईको एक्जिट एकदमै सहज र ग्रेसफुल हुन्छ। त्यो चै हुन सकेन। कताकता ठेस लागेजस्तो लागेको छैन?
पक्कै छैन। मेरो लागि यो असाध्यै सहज र ग्रेसफुल एक्जिट हो। नबिल बैंकबाट एकदमै राम्रोसँग कुरा गरेर, राम्रै वातावरणमा छोड्न लागेको हो। राम्रो वातावरण नभएको भए राजिनामा गरेर पनि यत्रो दिन बसिरहने कुरै आउँदैन थियो नि।
 
तर तपाईको पुरै कार्यकाल हुन सकेन भनेर विश्लेषण त भइरहेको छ। चार बर्षका लागि भएको एग्रिमेन्ट बीचमै ब्रेक गरेर हिँड्नु भयो। शंका त उब्जिहाल्छ नि?
एग्रिमेन्टमा प्रावधान त छन् नि। आपसी सहमतिमा कुनै पनि बेला छाड्न सकिन्छ भन्ने व्यवस्था छ।
 
सञ्चालक समिति (बोर्ड) सँगको जुन खालको समस्या भयो भन्ने कुरा सार्बजनिक रुपमै उठ्यो नी ?
अरुले के भन्छन्? के भन्यो? भन्ने कुराको जिम्मेवारी म लिन सक्दिन। तर वोर्डसँग मेरो कुनै पनि विमति छैन। कुनै पनि बेला मेरो समस्या भएन। बोर्डले व्यवस्थापनलाई पुरै जिम्मेवारी छाडिदिएको अवस्था छ। र, बोर्डबाट नबिल बैंकमा कुनै पनि खालको हस्तक्षेप हुँदैन। भएको पनि छैन।
 
तर किन बिचमै ब्रेक लिने निर्णयमा पुग्नु भयो?
तीन दशकभन्दा बढि समय यो क्षेत्रमा छु म। अलिकति समय हुँदै, अलिकति उमेर हुँदै केही नयाँ सोचाइ आउँछ कि भनेर छाडेको हुँ। अब कति गर्ने बैंकिङ? आफू पनि एउटा पोजिसनमा हुँदै अलिकति आराम लिएर नयाँ सोच केही विकास गर्न सकिन्छ कि भनेर छाडेको हुँ। बोर्डसँग विमति भएर, झगडा भएर वा कुरा नमिलेर चै होइन।
 
सबैतिरका जागिरबाट अब ब्रेक हो यो? कि बैंकिङ मात्रै?
हो, सबैतिरका जागिरबाट नै ब्रेक लिएको हो। अब कति गर्ने? तीन दशकभन्दा बढि भइसक्यो।

व्यक्तिगत आधारमा भन्न गाह्रो हुन्छ। किनभने मैले नजिकबाट काम गरेर, हेर्ने मौका पाएको छैन। मैले बाहिरबाटै हेर्ने हो। त्यसैले भन्न गाह्रो छ। सबैलाई सामान्यीकरण गर्न मिल्दैन। २८ वटा बैंकमध्येमा ८/१० वटा बैंकको काम गराइको तरिका र उनीहरुको परफरमेन्स हेर्दा कताकता राम्रो बाटो गइरहेका छैनन् कि भन्ने आभाष भने हुन्छ। 
---
एनआइसी छाड्दै गर्दा पनि नयाँ सोचका लागि विश्राम लिने ठाउँ थिए। तर, आफूले पहिले काम गरेको संस्थामा सिइओको अफर आएकाले पो यता आउनु भएको थियो कि?
त्यो होइन। यो कुरा सुन्दा पनि तपाईहरुलाई अचम्म लाग्ला, मैले एनआइसी एशिया छाड्दा अवकाश हुन्छु नै भनेर छाडेको थिएँ। छोड्ने निर्णय गरेपछि ६ महिनाअघि नै त्यहाँको बोर्डलाई जानकारी गराएको थिएँ। त्यसपछि अवकाश नै हुन्छु भनेर बाहिरिएको थिएँ। यहाँ आउने कुरा त धेरै पछाडि मात्र भएको हो।
 
के कुराले नबिलमा एक पटक जाउँ न त भनेर तान्यो?
नबिलमा अनिल ज्ञवाली हुँदा मसँग कुरा भएको थिएन। यो पनि म प्रस्ट गर्छु। उहाँले छाडेपछि मात्र र, मेरो एनआइसीमा पनि कार्यकाल सकिने भएपछि मसँग कुराकानी सुरु भएको थियो। यहाँ आउनु दुई दिनअघि मात्र मैले कन्ट्राक्ट गरेको थिएँ। 
 
अवकाश हुन्छु भनेर नै एनआइसीबाट बाहिरिनु भएको थियो। तर नबिल आउनु भयो। त्यो  मनस्थिति कसरी बन्यो?
मेरो मनस्थिति अवकाश नै हुन्छु भन्ने नै थियो। बाहिरिएपछि केही ब्यवसाय गर्छु भन्ने नै थियो। तर पनि यो गर्छु र उ गर्छु भन्ने चै थिएन। एनआइसी छाडिसकेको अवस्थामा मलाई अप्रोच आयो नबिलबाट। त्यसपछि कुराकानी भयो। ठिकै छ नि त भनेर आएको हो यहाँ। आफ्नो करियर सुरु गरेको संस्था हो। त्यहीँबाट करियरमा विराम लिन्छु भन्ने कुराले मलाई धकेल्ने काम गरेको भने पक्का हो। 
 
बीमा कम्पनीसम्म जाने कुराहरु आए नी?
यो भनेको बजारको अनुमान हो। बीमा कम्पनी न मैले सोचेको छु न कसैले पनि मसँग कुराकानी गरेका छन्। 
 
तर ढोका त धेरै खुला भएको छ। आँफै बिजिनेस गर्ने वा कन्सल्टिङ गर्ने भन्ने कुरा पनि अब हुन्छन्। धेरै ठाउँमा काम गर्ने स्पेस श्रृजना भएको छ। तपाईको सोचाइ कतातिर बढि नजिक छ?
अहिले त्यस्तो कुनै पनि सोचाइ छैन। योभन्दा तपाईलाई अचम्म लाग्छ, मैले अहिलेसम्म केही पनि सोचेको छैन। मैले यही गर्छु भनेर सोचेकै छैन। बैंकिङ करियरबाट पछाडि हट्छु भनेर मात्र निर्णय गरेको हुँ। म नितान्त अहिले विश्राम नै लिने हो। केही महिनाको विश्रामपछि केही नयाँ सोचाइ आयो भने त्यो बारेमा म तपाईहरुलाई बताउँछु।
 
३१ बर्षको बैंकिङ करियर छाडेर विश्राम लिँदै गर्दा केही भावहरु त उत्पन्न भएका होलान् नि!
बैंकिङ क्षेत्र सुरुवाती चरणबाट धेरै बिस्तार भइसकेको छ। देशको अर्थतन्त्र पनि धेरै विस्तार भएको छ। कर्पोरेट वातावरण तयार भएको छ। रेगुलेटरी कम्प्लेक्ससिटी पनि त्यतिकै छ अहिले। काम गर्न एक किसिमको मज्जा पनि आउँछ।
 
यस्तो चुनौतीमा नेतृत्व दिनु भनेको आफैलाई पनि रमाइलो लाग्छ। चुनौती भएन भने काम गर्न मज्जा पनि हुँदैन। तर, जुन किसिमको विकास हुनु पर्ने वित्तीय क्षेत्रमा, त्यो चै भएको छैन। त्यसमा केही हदसम्म देशमा राजनीतिक तरलताले पनि काम गरेको छ। १०/१५ बर्ष त्यतिकै समय गयो राजनीतिक कारणले। यसले गर्दा पनि अगाडि बढ्न नसकेको होला।
 
जुन बेला १९८४ मा नबिल बैंक आयो। १९८५ मा स्ट्यान्डर्ड चार्टर्ड, १९८६ मा इन्डोसेज बैंक आयो। त्यस बेला सरकारमा, राजनीतिक नेतृत्वमा नेपालमा बैंकिङ क्षेत्रमा अर्को लिभरलाइज गर्नुपर्छ भन्ने थियो। नयाँ लगानी आउनुपर्छ ताकी प्रविधि हस्तान्तरण पनि हुन्छ र अर्थतन्त्र चलायमान गराउन सकिन्छ भन्ने सोचाइ थियो त्यसबेला। त्यो कुरा पछाडिको नेतृत्वमा भएजस्तो मलाई लाग्दैन। थप दुई/चार वटा राम्रा अन्तर्राष्ट्रिय बैंकहरु भित्र्याउन सकेको भए अझ राम्रो हुन्थ्यो। स्वस्थ वातावरण हुन्थ्यो। त्यो हुन सकेन।

पहिले आफ्नो क्षमता र नीति पनि हेर्नु पर्छ। बैंकलाई दीगो रुपमा अगाडि लानु पर्ने एउटा आवश्यकता पनि हुन्छ। मैले दुई बर्ष उच्च वृद्धि गरेर तेस्रो बर्ष पछुताउनु पर्यो भने त्यो पनि ठिक हुँदैन। म केमा प्रस्ट  छु भने, म बैंकमा हुँदाखेरी बृद्धि देखाउने र हटेपछि जेसुकै होस् भन्ने मान्नयता राख्दिन। 
---
कुन नीतिले विगार्यो यसलाई?
यसका लागि कुनै प्रयास नै गरिएन। पछिल्लो समयमा जथाभावी लाइसेन्स बाँडियो। हुन त राष्ट्र बैंकको आफ्नो फिट एण्ड प्रपर टेष्ट भन्ने नीति कागजमा त छ। तर साँच्चै त्यसको स्पिरिट अनुसार फिट एण्ड प्रपर टेस्ट गरेर स्क्रिनिङ गरेर लाइसेन्स बाँडेको भए हुन्थ्यो। तर त्यो गरिएन। अन्धधुन्द नै लाइसेन्स बाँडियो। त्यसको नकरात्मक असर त अहिले हामीले भोगिरहेका छौं। र, त्यो कमजोरीलाई राष्ट्र बैंकले अहिले महशुस गरेको छ। 
तीन वटा विदेशी बैंक आए। त्यसै गरी अरु तीन/चार वटा विदेशी बैंक ल्याउन सकेको भए यहाँको प्रतिस्पर्धि वातावरण अर्कै हुने थियो। विदेशी लगानी पनि धेरै आउँथ्यो। सुरुमा आएका तीन वटामध्ये दुई वटा त बाहिरिसकेका छन्। एउटा पनि के हो, कसो हो भन्ने स्थितिमा छ। आइसकेको छ भन्ने मात्र हो। विदेशी बैंकालाई यहाँ बिजिनेस सानो छ। 
 
३१ बर्षको बैंकिङलाई तुलना गर्दा अहिले धेरै नै सुधार त भएको छ नि?
सुधार त भएको छ। नेपालीहरु नै बैंक आँफै चलाउन सक्ने सक्षम भएका छन्। यो असाध्यै राम्रो पाटो हो। नेपाली पब्लिक सेक्टरमा ब्यवस्थापकीय क्षमता विस्तार भएको पङ्क्तिमा एक नम्बरमा बैंकिङ नै आउँछ। तर जुन गतिमा बढ्नु पर्ने थियो त्यो चै भएन भन्ने हो मेरो बिचार। 
 
लाइसेन्सिङमै म जान्छु। नयाँ बैंक खोलियो। तर स्किल्ड मेनपावर तयार भइसकेको थिएन। भएको पनि पर्याप्त थिएन। यताबाट खोस्ने, उताबाट खोस्ने मात्र काम भयो। त्यसपछि तल्लो तहमा भएकाहरुलाई माथिल्लो जिम्मेवारी दिइयो। म्यानेजेरियल क्यापसिटी भनेको पढाइले मात्र आउने कुरा होइन। एक्सपोजर हो, गरेर सिकिने हो। त्यो नभएको मान्छेलाई माथिल्लो जिम्मेवारी दिँदा काम पनि त्यही किसिमको हुन्छ। त्यसैले बीचमा सुशासनका मुद्दाहरु (गभर्नेन्स इस्यु) उठे। फिट एण्ड प्रपर टेस्ट राम्रोसँग नभइदिँदा संस्थापक शेयरधनीहरुबाटै सुशासन पालन हुन सकेन। 
 
बैंकहरुको आँफैमा क्यापसिटी त गजपले बढेको छ नि। आजभन्दा १० बर्ष अगाडि १५ करोडको ऋण दिने क्षमता बैंकमा थिएन। आजको दिनमा २ अर्ब आरामले दिन सक्ने भएका छन्। क्षमता त बढेको छ नि?
ऋण दिने क्षमता त बढ्यो। नेपालको कुल गाहर्स्थ उत्पादन(जिडीपी) २५ सय अर्ब रुपैयाँ हो। त्यो भनेको त ठूलो आकार त होइन। तीन करोडको जनसंख्या भएको देशमा यो प्रगतिलाई राम्रो प्रगति भन्न मिल्छ जस्तो लाग्दैन। एमाउन्ट (रकम) मा हेर्दा २ अर्ब रुपैयाँ दिनसक्ने अवस्थामा बैंक आइसकेका छन्। तीन दशकमा हाम्रो देशको क्षमता यही नै हो त? जिडिपी २५ सय अर्बको मात्रै हुनु पर्थ्यो र?
 
यति लामो बैंकिङ करियर छ तपाईको। कहिले काँही लाग्दैन कन्जरभेटिभ बैंकिङ गरियो भन्ने लाग्दैन?
बैंकिङ भनेको अलिकति कन्जरभेटिभ हुनै पर्छ। बैंकिङ भनेको दोकान जस्तो, ट्रेडिङ गर्ने जस्तो होइन। आज दुई वटा बेच्यो, भोली चार वटा बेच्यो। त्यसैबाट फाइदा लिएजस्तो बैंकिङ होइन।

लाइसेन्सिङमै म जान्छु। नयाँ बैंक खोलियो। तर स्किल्ड मेनपावर तयार भइसकेको थिएन। भएको पनि पर्याप्त थिएन। यताबाट खोस्ने, उताबाट खोस्ने मात्र काम भयो। त्यसपछि तल्लो तहमा भएकाहरुलाई माथिल्लो जिम्मेवारी दिइयो। म्यानेजेरियल क्यापसिटी भनेको पढाइले मात्र आउने कुरा होइन। एक्सपोजर हो, गरेर सिकिने हो। त्यो नभएको मान्छेलाई माथिल्लो जिम्मेवारी दिँदा काम पनि त्यही किसिमको हुन्छ। त्यसैले बीचमा सुशासनका मुद्दाहरु (गभर्नेन्स इस्यु) उठे।
---
तर अहिले बैंकरले फरकनै के गरेका छन् र? अहिले गरिरहेको यही नै होइन र?
अहिले त्यस्तो प्रबृत्ति देखिएको छ बैंकिङमा। छोटो अवधिमा चुक्ता पूँजी २ अर्बबाट ८ अर्ब पुर्याउनु पर्ने नीति आयो, त्यसबाट बैंकहरु दबाबमा परे। व्यवस्थापन दबाबमा परे। त्यसले गर्दाखेरी अलिकति छिटो ब्यापार बढाउने प्रवृत्ति बढ्यो। त्यो लामो समयसम्म टिकाउ नीति होइन। बैंक भनेको अलिकति कन्जरभेटिभ हुनै पर्छ। जनताको पैसा विश्वासमा लिएको हो। एक रुपैयाँ शेयरधनीको हुँदा १० रुपैयाँ निक्षेपकर्ताको हुन्छ। बैंकमा विश्वासका आधारमा दिइएको हुन्छ। यो पैसा मेरै हो भनेर अन्धधुन्द जोखिम लिएर लगानी गर्ने र पछिको नहेरीकन आक्रमक नीति लिनु कुनै पनि हालतमा ठिक हो भन्ने मलाई लाग्दैन।
 
तपाईले कन्जरभेटिभ बैंकिङ गरिरहँदा अहिले फर्किएर हेर्दा कुने कुनै ठाउँमा अलिकति एग्रेसिभ हुनु पर्थ्यो कि जस्तो लाग्छ होला नि?
त्यो पटक्कै लाग्दैन। 
 
तपाई हुँदा एनआइसी एशियाको व्यापार बिस्तार औषत थियो। नबिलमा आउँदा पनि त्यस्तै छ। अरु बैंकहरु अलिकति आक्रमक देखिएका छन्। अलिकति एग्रेसन चाहिँथ्यो कि! 
नबिल बैंक जुन खालको व्यापार विस्तार छ, कुनै पनि बजारसँग तुलना गर्दा नबिलकै बढि हुन्छ। हामीले ऋण पनि बढाएका छौं। १६/१७ प्रतिशतको बृद्धिलाई कम भन्न मिल्दैन। नाफा पनि कम छैन। पछिल्लो दुई बर्ष नाफामा नम्बर १ नै थियौं। यो बर्ष समग्र बैंकिङ दवावमा छ। तैपनि हाम्रो बृद्धि राम्रो छ। प्रणालीमा एउटा/दुइटा बैंक अपवाद हुनु स्वभाविक हो। अपवादलाई हेरेर सामान्यीकरण गर्नु ठिक नहोला।
 
नबिलसँग हिस्ट्री छ, क्यापसिटी छ। टिम छ। अलिकति जम्प गरेर प्रतिस्पर्धा गर्ने स्पेस पनि छ। कहिलेकाँही लाग्दैन- त्यो स्पेस भर्नु पर्थियो, भरिएन भन्ने? 
हेर्नुस्, तर्क दुबै पक्षबाट गर्न सकिन्छ। जस्तोसुकै गर्नुस्, त्यसमा यसो गरेको भए हुन्थ्यो भन्ने त हुन्छ हुन्छ। त्यसलाई म नकारात्मक रुपमा पनि लिँदिँन। एउटा पाटोको बुझाइ भएर मात्र हुँदैन। सबै पक्षलाई हेर्नु पर्छ। हो, योभन्दा अलिक दौडेको भए हुन्थ्यो। स्पेस पनि थियो भन्ने होला। तर पहिले आफ्नो क्षमता र नीति पनि हेर्नु पर्छ। बैंकलाई दीगो रुपमा अगाडि लानु पर्ने एउटा आवश्यकता पनि हुन्छ। मैले दुई बर्ष उच्च वृद्धि गरेर तेस्रो बर्ष पछुताउनु पर्यो भने त्यो पनि ठिक हुँदैन। म केमा प्रस्ट  छु भने, म बैंकमा हुँदाखेरी बृद्धि देखाउने र हटेपछि जेसुकै होस् भन्ने मान्नयता राख्दिन। ३१ बर्षको करियरमा मैले यो कहिले पनि गरिन। म हौंला नहौला तर मेरो निर्णय संस्थाको हितमा हुनु पर्छ। पछि आउनेले के गर्छ भन्ने जिम्मेवारी लिने कुरा भएन। तर आफू हुँदा आफ्नो बुद्धि, विवेक र टिमसँग छलफल गरेर काम गर्छु। निर्णय लिँदा दीगो प्रकृतिको लिनु पर्छ।
 
प्रणालीमा पहिलो पुस्ताका सिइओहरु किनारा लाग्दै गएको देखिन्छ। कसरी मूल्यांकन गर्नु हुन्छ?
यो स्वभाविक हो। एउटा उमेरको कारणले, नयाँ पुस्तालाई पनि ठाउँ दिनै पर्छ। आफूभन्दा 'मोर क्यापेवल' मान्छे आउन सक्छन्, आउनु पनि पर्छ भन्छु म। मैले सिकेको, जानेको कुरा सीमित छन्। नयाँ आउने पुस्तासँग अन्तर्राष्ट्रिय एक्सपोजर होला, उच्च पठाइ होला। नयाँ सोचाइ र नयाँ जाँगर हुन्छ। उनीहरुलाई स्पेस दिनु पर्छ। त्यो वातावरण बोर्डले पनि र माथिल्लो व्यवस्थापनले पनि दिनु पर्छ। 
 
अहिले अधिकांस बैंकहरु दोस्रो पुस्ताले हाँक्न थालेका छन्। उनीहरुले काम गर्ने तौरतरिका कसरी मूल्यांकन गरिरहनु भएको छ?
यसमा एउटै मात्र भन्छु- अलिकति अन्तर्राष्ट्रिय एक्सपोजर भएकाहरु कम भए। यो भइदिएको भए अझ राम्रो हुन्थ्यो। नेपालको कन्टेस्टमा सबै कुरा बुझ्ने र वाहिर पनि के भइरहेको छ? कसो भइरहेको छ? भन्ने जानकारी लिएकाहरु भएका भए अझ राम्रो हुन्थ्यो। त्यो चै अलिकति कम भएको छ। दुई/तीन वटा अरु विदेशी बैंक भएको भए केही बर्ष बाहिर काम गर्ने अवसर हुन्थ्यो र असाध्यै राम्रो हुन्थ्यो।

मैले अहिलेसम्म केही पनि सोचेको छैन। मैले यही गर्छु भनेर सोचेकै छैन। बैंकिङ करियरबाट पछाडि हट्छु भनेर मात्र निर्णय गरेको हुँ। म नितान्त अहिले विश्राम नै लिने हो। केही महिनाको विश्रामपछि केही नयाँ सोचाइ आयो भने त्यो बारेमा म तपाईहरुलाई बताउँछु।
---
कामका आधारमा उनीहरुको क्षमता कसरी मूल्यांकन गर्नु भएको छ?
व्यक्तिगत आधारमा भन्न गाह्रो हुन्छ। किनभने मैले नजिकबाट काम गरेर, हेर्ने मौका पाएको छैन। मैले बाहिरबाटै हेर्ने हो। त्यसैले भन्न गाह्रो छ। सबैलाई सामान्यीकरण गर्न मिल्दैन। २८ वटा बैंकमध्येमा ८/१० वटा बैंकको काम गराइको तरिका र उनीहरुको परफरमेन्स हेर्दा कताकता राम्रो बाटो गइरहेका छैनन् कि भन्ने आभाष भने हुन्छ। 
 
३१ वर्षको मूल्यांकन गर्दा 'यो चिज चै मैले गरेको भए हुन्थ्यो, छुटाएँ' भन्ने खालको छ?
दुई वटा कुरा छन्। एउटा, डिजिटल पेमेन्टमा नेपालले बैंकिङमा गर्न सकिँन्थ्यो। यसमा हामी पछि परेकै हो। यो आफ्ना र प्रणालीका कारणले गर्दा गर्न सकिएन। दोस्रो भनेको, इन्भेष्टमेन्ट बैंकिङ विकास गर्न सकिएन। यो नहुनुको कारण यहाँको वातावरणले गर्दा हो। यो भनेको राजनीतिक तरलता र दोस्रो योसँग स्थायित्व नहुनु हो। नीतिगत फ्रेमवर्क हुनु पर्थ्यो त्यो पनि भएन। यो दुई क्षेत्रमा गर्न सकिएन। 
 
कहाँनेर मिस भयो यो?
लगानी गर्ने वातारण भएन। जड त राजनीतिक तरलता नै हो। अरु कुरा पनि यसमा जोडिए। भिजन दिने लिडरसिप भएन। लामो सोच्ने नेतृत्व भएन। २० बर्षपछि देशलाई कहाँ लैजाने भन्ने भएनन्। बीचमा एक/दुई जना आए तर, उनीहरुको पनि कागजमै सिमित भयो। बोल्ने कुरा मात्र भयो त्यो। वातावरण बनाउनतिर पहल भएन। कर्मचारी प्रशासन सुधार गर्न खोजिएन। कानुनी जटिलता फुकाउनतिर पहल भएन। नीति  तर्जुमा भएन। 
 
बैंकिङबाट अवकास हुँदा के कुरालाई मिस गर्नु होला?
मिस गर्ने भन्ने कुरा त अलिक नहोला। म अलिकति फरक नै छु। मिसै गर्ने भन्ने त सायद मेरोमा न आउला। मैले आफ्नो करियर राम्रै विताएँ र राम्रै गरेजस्तो लाग्छ। यही नै मैले लिएर जाने हो। आफ्नो  टिमलाई मिस गर्छु। कुनै आइडिया लिएर आउनेहरुलाई बैंकमा बसेर सहयोग गर्न सकिन्थ्यो, अब त्यो नहोला। 
 
८/१० बर्षदेखि जुन खालको समस्या आइरहेको छ। बैंकिङमा नियमित काम त्यही छ। परिस्थितिजन्य केही आए आयो, नत्र इनोभेसन देखिएन। रेगुलेटरमा पनि त्यस्तै छ। बैंकरमा पनि त्यस्तै खालको छ। कहाँ मिस भइरहेको छ?
बैंकिङ क्षेत्रमा म्यासिभ इनोभेसन हुँदै हुँदैन। कि त अर्को छलाङमा जाँदा तहसनहस गरेर हामीले नसोचेको परिवर्तन हुनु पर्यो। नत्र भने जहाँ पनि बैंकिङमा ठूलो छलाङ आउँदैन। हामीले अलिकति गर्ने भनेको पेमेन्ट गेटवेमा थियो। यहाँ अलिकति पछि परेकै हो। अर्को इन्भेष्टमेन्ट बैंकिङमा थियो। सायद दुई/चार वटा अरु विदेशी बैंक आएको भए केहि राम्रो वातावरण बन्थ्यो। बढिमा ८/१० वटा बैंक हुन्थे। बजार प्रतिस्पर्धि हुन्थ्यो होला।
 
अब गर्नु पर्ने के छन्?
राष्ट्र बैंकको प्राथमिक दुई वटा दायित्व छन्। एउटा मौद्रिक अथोरिटी र अर्को रेगुलेटर। रेगुलेटरका रुपमा राष्ट्र बैंक धेरै नै राम्रो छ। क्षमता विस्तार पनि गरेको छ। देशका अरु रेगुलेटरमध्येमा राष्ट्र बैक दोस्रोमा रहेको अर्को रेगुलेटभरभन्दा धेरै नै माथि छ। 
 
मौद्रिक नीति कार्यान्वयनमा अलिकति समस्या छ। खासगरी मूल्य बृद्धि स्थायित्व ब्याज दर स्थायित्वमा राष्ट्र बैंक आफू अगाडि आउनु पर्नेमा पछाडि नै बसेको जस्तो लाग्छ मलाई। हालसालै मात्र यसमा केही हामीले नै लिडरसिप लिनु पर्छ भन्ने आभाष आएको जस्तो देखिन्छ, तर पर्याप्त छैन। आगामी दिनमा राष्ट्र बैंकले यसमा केही स्टेप लिए हुन्छ। यसमा अहिलेसम्म चै राष्ट्र बैंक पछाडि बसेको जस्तो लाग्छ।
 
एनआइसी एशियामा हुँदा अलिअलि बोल्नु हुन्थ्यो। नबिलमा त पुरै 'लो प्रोफाइल' मा रहनु भयो। माइक्रो म्यानेजमेन्टका बारेमा तपाईको बिचारहरु आइरहन्थे। के अचेल समस्या हराएको हो?
पहिलेको जस्तो माइक्रो म्यानेजमेन्ट अहिले पक्कै छैन। अलिअलि मात्र छ। उदाहारणका लागि, भर्खरै प्रमुख कार्यकारीका लागि कुलिङ पिरियड ल्याइयो। यो माइक्रोम्यानेजमेन्ट हो। यो सम्बन्धित बैंकको सञ्चालक समितिले गर्ने कुरा थियो। 

Share this Story

   

८/१० वटा बैंक सही बाटोमा गइरहेका छैनन् जस्तो लाग्छ, शशिन जोशीको अन्तर्वार्ता को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.