माछापुच्छ्रे बैंकको रियल टाइम खाता खोल्ने सुविधा सहितको शाखारहित बैंकिङ सेवा

बिजमाण्डू
२०७४ माघ ८ गते १७:४४ | Jan 22, 2018
काठमाडौं। माछापुच्छ्रे बैंकले कास्कीको माछापुच्छ्रे गाउँपालिका ३ मा शाखारहित बैंकि सेवा सञ्चालनमा ल्याएको छ। बैंकको यो १३औं शाखारहित बैंकिङ सेवा हो। 


 
यहाँबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी र कर्जा आवेदन गर्न मिल्ने सेवा उपलब्ध हुने बैंकले जनाएको छ। यहाँबाट रियल टाइममा खाता खोल्न पाइन्छ। 
 
बैंकका ६२ शाखा, चार एक्सटेन्सन काउन्टर छन्। बैंकका ८६ वटा एटिएम सञ्चालनमा छन्। 

Tata
GBIME
Nepal Life