गोरखा ब्रुअरीको ‘फर्च्यून फेवर्स द फ्यान’ जितेका रविनले दिए लिभरपुलका खेलाडीलाई अवार्ड

बिजमाण्डू
२०७४ माघ २२ गते १६:३५ | Feb 5, 2018
गोरखा ब्रुअरीको ‘फर्च्यून फेवर्स द फ्यान’ जितेका रविनले दिए लिभरपुलका खेलाडीलाई अवार्ड


काठमाडौं : नेपालका रविन श्रेष्ठले लिभरपुलका मोहमद शालहलाई प्रिमियर लिगको म्यान अफ दि म्याच अवार्ड प्रदान गरेका छन्। गएराती भएको लिभरपुल र टोटनहमबीचको खेल हेर्न एनफिल्ड पुगेका श्रेष्ठले खेलपछि शलाहलाई उक्त अवार्ड दिने अवसर पाए।

Tata
GBIME
Nepal Life

लिभरपुलको अफिसियल स्पोन्सर रहेको कार्ल्सवर्ग बियरको २५औँ वर्षको अवसरमा श्रेष्ठले एनफिल्ड गएर उक्त खेल हेर्न अवसर पाएका हुन्।

कार्ल्सवर्गको अधिकृत विक्रेता गोरखा ब्रुअरीको फर्च्यून फेवर्स द फ्यान क्याम्पेन अन्तर्गत भाग्यशाली विजेता बन्दै रविन श्रेष्ठ खेल हेर्न गएका हुन्। रविन ठमेलस्थित रिफ रेस्टुराँ एण्ड बारका एमडी हुन्।

श्रेष्ठले एनफिल्डमा गएर खेल हेर्न पाउनु अमेजिङ एक्सपेरिएन्स भएको र शलाहलाई अवार्ड दिन पाउँदा भाग्यमानी महसुस भएको र विश्वास गर्नै कठिन भइरहेको आफ्नो फेसबुकमा उल्लेख गरेका छन्।