आइएमई अटोमोटिभ्सद्धारा ढोरपाटन भलिवल विजेतालार्इ स्कुटर हस्तान्तरण, दर्शकले पनि पाए स्कुटर

बिजमाण्डू
२०७४ माघ २२ गते १८:३६ | Feb 5, 2018
आइएमई अटोमोटिभ्सद्धारा ढोरपाटन भलिवल विजेतालार्इ  स्कुटर हस्तान्तरण, दर्शकले पनि पाए स्कुटर


काठमाडौं। आइएमई अटोमोटिभ्सले १३ ‍औं रेडवुल ढोरपाटन युएम महिला भलिवल लिग च्याम्पियनशिपका विजेतालार्इ ५ वटा युम पावर म्याक्स स्कुटर हस्तान्तरण गरेको छ।

Tata
GBIME
Nepal Life

उक्त प्रतियोगिताका बेष्ट प्लेयर,रार्इजिङ प्लेयर,प्लेयर अफ दि इयर, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानी दर्शकलार्इ पनि पावर म्याक्स स्कुटर प्रदान गरिएको हो।

स्कुटर पाउने विजेताहरुमा इर्मजीङ ट्यालेन्ट शर्मिला नेपाल(श्री गाउँ सपोर्ट क्लव),प्लेयर अफ द सिरिज निरुताथा गुन्ना (त्रिभुवन आर्मी क्लव),प्लेयर अफ द एयर सरस्वती चौधरी (एपीएफ),बेष्ट प्लेयर प्रतिभा माली (एनडीए) र बेष्ट फ्यानको तर्फबाट पोखराका राजकुमार घटानेले स्कुटर पाएका छन्।

विजयी टीम एपीएफले शिवम न्यु डायमण्ड एकेडेमी (एनडीए) लार्इ गत शनिवार भएको फार्इनल लिग खेलमा हराउँदै उपाधी जितेको थियो।
आइएमर्इ र युएम वीच भएको प्रतिष्ठित साझेदारीले देशमा भलिवल खेलको विकासमा महत्वपूर्ण सहयोग पुगेको छ।

आइएमर्इ अटोमोटिभ्सको विक्रि पछिको सेवामा जोड दिने अटोमोबाईल कम्पनी हो। हाल देशभरि आफ्नै शाखा कार्यालय तथा आधिकारीक पाट्स नेटवर्क बाट ग्राहकलार्इ पाट्स र सर्भिस सुविधा दिर्इरहेको छ।