हुवावेको ‘नोभा टु आइ’को सिस्टम अपग्रेड गर्न सकिने, अनुहारबाट अनलक हुने नयाँ फिचर्स




काठमाडौं। हुवावेको नोभा टुआई फोनको सफ्टवेयर अपग्रेड गर्न सकिने भएको छ। हुवावेको फोनमा फेस अनलक र एआर लेन्स सफ्टवेयर थप गरिएको जनाइएको छ। कम्पनीले गत नोभेम्बरमा यो फोन नेपाली बजारमा ल्याएको थियो। 

नयाँ सिस्टमसँगै हुवावे नोभा टुआईले बजारका अन्य प्रतिस्पर्धीसँग त्यही मूल्यमा प्रतिस्पर्धा गर्न सकिने जनाइएको छ। सिस्टम अपग्रेडसँगै प्रयोगकर्ताले आइफोन एक्सकै अनुभव यो फोनबाट लिन सकिने कम्पनीले जनाएको छ। 
 
नयाँ सिस्टम सेटअपपछि फ्रन्ट क्यामेराले प्रयोगकर्ताको फेस डिटेक्ट गर्नेछ। यसले मिलिसेकेन्डमा स्क्रिनमा देखिएको फेस डिटेक्ट गर्नेछ। 
 
प्रयोगकर्ताले फोनको सेटिङ मेन्यूभित्र सिस्टम अपडेटमा गएर अपग्रेड गर्न सक्नेछन्। दायाँतर्फ माथिल्लो कर्नरमा रहेको तीनवटा थोप्ला रहेको बटनमा क्लिक गरेर डाउनलोड लेटेस्ट फुल प्याकेजमा गइ नयाँ भर्सन डाउनलोड गर्न सकिनेछ। 
 
 

नोभा टुआइको स्टोरेज सेक्युरिटी अर्थात फोनको सिपीयुमा प्रयोगकर्ताको अनुहारको जानकारी रहेको हुन्छ । यस्तै अल्गोरिदम सेक्युरिटी हुन्छ जसअनुसार प्रयोगकर्ताको अनुहारको एक हजार प्वाइन्ट राखिएको हुन्छ। सेटमा आँखा हेरेपछि मात्र अनलक हुने लगायत तीनवटा सुरक्षा प्रणाली रहेको कम्पनीले जनाएको छ।
   
फोनमा भएको एआर लेन्समार्फत ग्राहकले चारवटा क्यामरा प्रयोग गर्न सकिने पनि कम्पनीले बताएको छ। जसमा दुईवटा फ्रन्ट क्यामरा रहेका छन्। कम्पनीका अनुसार प्रयोगकर्ताले ‘व्युटिफुल कलर’ र ‘ब्रेथ टेकिङ इफेक्ट’ प्रयोग गर्न सक्छन्।
 
फोनमा भएको एआर लेन्समार्फत प्रयोगकर्ताले आफ्नो इच्छानुसारको पृष्ठभुमी बनाउन सक्ने पनि कम्पनीले जानकारी दिएको छ।

Share this Story

   

हुवावेको ‘नोभा टु आइ’को सिस्टम अपग्रेड गर्न सकिने, अनुहारबाट अनलक हुने नयाँ फिचर्स को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.