टाटाको लाइट ट्रक नेपाली बजारमा, ११ टन भार क्षमता भएको ट्रकको साढे १७ लाख रुपैयाँ पर्ने

बिजमाण्डू
२०७४ माघ २५ गते ११:५९ | Feb 8, 2018
टाटाको  लाइट ट्रक नेपाली बजारमा, ११ टन भार क्षमता भएको ट्रकको साढे १७ लाख रुपैयाँ पर्ने


काठमाडौं। टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङले साना तथा मझ्यौला गाडी बिक्री गर्न सुरु गरेको छ। कम्पनीले सात किसिमका ट्रकको बिक्री सुरु गरेको जनाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार एलपिटि ८१०, एलपिटि १०१० , एलपिटि ९१२, एलपिके ९१२, एलपिटि ११०९, एलपिके १२१२ र एलपिटि १४१२ लगायतका ट्रकहरुको बिक्री सुरु गरेको हो। 

कम्पनीका अनुसार उक्त गाडीमा कमन रेल डिजल इन्जेक्सन ( सिडिआरआइ) समावेश गरिंएको छ। गाडीमा तेल किफायति, डिजाइन लगायतका विशेषता रहेको कम्पनीको दाबी छ। एघार टन बोक्ने क्षमतायुक्त विभीन्न मोडलका लाइट ट्रक बजार मूल्य १७ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीले बताएको छ।

कम्पनीले छिट्टै नै ३ क्यूमि  देखि ६.५ क्यूमि  क्षमतायुक्त टिप्पर बिक्री गर्ने योजना बनाएको छ। टाटा मोटर्सका व्यापार प्रमुख रुद्ररुप मैत्रले भने 'ग्राहकलाई विश्वस्तरीय उत्पादन दिनु नै हाम्रो प्रयास हो। टाटा मझौला तथा साना ट्रक नेपालको बाटो सुहाउँदो किसिमले डिजाइन गरिएका छन्।'

कम्पनीका अनुसार एलपिटि ८१०, १०१० र ११०९ मोडलका ट्रकमा ५ सय ५० गियर बक्स सिस्टम(जिबत्रीएस) जडित छन् भने एलपिटी १४१२ मा ४० जिबीएस जडित छ। कम्पनीका अनुसार ५ ए ५० जिबीएसमा छ वटा फरवार्ड र एउटा रिभर्स गियर अप्सन रहेको छ।

ओभर ड्राइभ विशेषताले गर्दा लामो यात्रामा यी ट्रकले राम्रो माइलेज दिनसक्ने कम्पनीले दाबी गरेको छ। जिबीएस ४०मा पाँच फर्वार्ड गियर र एउटा रिभर्स गियर समावेश छन्। यसमा ग्राहकले ३ लाख कि.मी सम्म अथवा ३ वर्ष सम्मको वारेन्टी लिन सक्नेबारे कम्पनीले बताएको छ।

ट्रकहरुमा १ सय २५ हर्सपावर र ४ सय एनएम टर्क समावेश गरिएको कम्पनीले बताएको छ। सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने 'नयाँ सिआर रेन्जका साना तथा मझौला कमर्सियल ट्रक बलियो र तेल किफायती छ। उनले ट्रकले नेपाली ग्राहकको विश्वास जित्ने र ट्रकबाट राम्रो प्रतिफल पाउने बताए।