बुटवल पावरमा संगठित संस्थाले पनि आवेदन दिन पाउने, बिहीबारसम्म एक अर्ब १८ करोडको आवेदन

बिजमाण्डू
२०७४ माघ २६ गते १०:३३ | Feb 9, 2018

काठमाडौं। बुटवल पावरले निष्कासन गरेको एफपिओ पहिलो चरणमा बिक्री नभएपछि संस्थागत लगानीकर्तालार्इ पनि बिक्री खुला गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले पहिलो चरणमा माघ १५ गतेदेखि एफपिओ निष्कासन गरेको थियो। तर पहिलो चरणमा मात्र ५५ करोड रुपैयाँ हाराहारीको मात्र आवेदन परेको थियो।

पहिलो चरणमा बिक्री नभएपछि धितोपत्र निष्कासन तथा बाँडफाड निर्देशिकामा रहेको व्यवस्थालार्इ प्रयोग गर्दै कम्पनीले संस्थागत लगानीकर्तालार्इ पनि शेयर खरिद गर्न आह्वान गरेको हो।

कम्पनीले प्रिमियम सहित ५०१ रुपैयाँमा ४० लाख ८१ हजार कित्ता एफपिओ निष्कासन गरेको छ। यसको लागि २ अर्ब चार करोड रुपैयाँ भन्दा धेरैको आवेदन पर्नुपर्ने हुन्छ।

कम्पनीमा अहिलेसम्म जम्मा ८२ हजार आवेदकबाट एक अर्ब १८ करोड रुपैयाँको मात्र आवेदन परेको छ। यसमा व्यक्तिगत लगानीकर्ता मात्र रहेका छन्। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ।