पूँजी वृद्धि: मर्जरको साटो हकप्रदको गलत बाटो, लगानीकर्तामा ६७ अर्ब रुपैयाँको हकप्रद बोझ




काठमाडौं। नेपाल राष्ट्र बैंकले चुक्ता पूँजी बढाउने नीति ल्याएपछि ६७ अर्ब पाँच करोड रुपैयाँको हकप्रद निष्काशन भएका छन्।

राष्ट्र बैंकले ०७४ असारसम्ममा वाणिज्य बैंकहरुले ८ अर्ब रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ र राष्ट्रिय स्तरका फाइनान्सले ८० करोड रुपैयाँ चुक्ता पुँजी पुर्यारउनु पर्ने निर्देशन दिएको थियो। राष्ट्र बैंकको मुख्य उद्देश्य बैंक तथा वित्तीय संस्था घटाउन मर्जरको उपाय थियो।तर मर्जरको विकल्प अधिकांशले हकप्रद र बोनसको बाटो रोजे।हकप्रदको बाटो रोजेर पूँजी पुर्याउँदा त्यसको भार लगानीकर्तामा पर्यो।सबै बैंक तथा वित्तिय संस्थाले समयमा पूँजी जुटाउन नसकेपछि राष्ट्र बैंकले म्याद थप गरेको छ।

अहिले २८ वटा वाणिज्य बैंकको चुक्ता पूँजी दुर्इ खर्ब १८ अर्ब रुपैयाँ छ, जसमा ४६ अर्ब ४ करोड रुपैयाँ हकप्रदमार्फत जुटाइएको छ। हाल विकास बैंक ३७ वटा छन्। ती संस्थाको अहिलेको चुक्ता पूँजी २६ अर्ब ९७ करोड रुपैयाँ छ। विकास बैंकहरुले यो अवधिमा १६ अर्ब ८१ करोड रुपैयाँको हकप्रद निष्काशन गरेका छन्। हकप्रद निष्काशन गर्नेहरुमा कतिपय विकास बैंक अन्य वाणिज्य बैंकमा मर्ज भैसकेका छन्।

२५ वटा फाइनान्सको १० अर्ब रुपैयाँ भन्दा धेरै पूँजी छ। जसमा ४ अर्ब १९ करोड रुपैयाँ हकप्रदमार्फत जुटाएका छन्। मौद्रिक नीतिमा वाणिज्य बैंकको लागि ८ अर्ब रुपैयाँ, विकास बैंकको दुर्इ अर्ब ५० करोड रुपैयाँ, ४ देखि १० जिल्ले विकास बैंकको लागि एक अर्ब २० करोड रुपैयाँ, १ देखि ३ जिल्ले विकास बैंकको लागि ५० करोड रुपैयाँ, राष्ट्रिय स्तरका र ४ देखि १० जिल्ला कार्य क्षेत्र भएका वित्त कम्पनीको लागि ८० करोड र १ देखि ४ जिल्ला भएका वित्त कम्पनीहरुको लागि ४० करोड रुपैयाँ पुर्या उनु पर्ने व्यवस्था गरेको थियो।

संस्था/आर्थिक वर्ष २०७२/७३ ७०७३/७४ २०७४/७५
वाणिज्य बैंक 7,04,59,94,793 30,91,61,45,519 8,08,77,64,657
विकास बैंक 1,37,74,62,759 8,98,26,88,937 6,45,44,26,038
फाइनान्स कम्पनी 58,04,44,413 2,04,76,92,495 1,56,39,32,531
जम्मा (रुपैयाँमा) 9,00,39,01,965 41,94,65,26,951 16,10,61,23,226
कूल जम्मा 67,05,65,52,142


बैंक र  फाइनान्सले आर्थिक वर्ष २०७२/७३ मा २१ अर्ब ५ करोड रुपैयाँको बोनश शेयर दिएका थिए। यसमा अधिकांश बैंक तथा फाइनान्स थिए। राष्ट्र बैंकले पूँजी बढाउने योजना ल्याए सँगै बैंक तथा वित्तीय संस्थाले तीन वटा तरिका अवलम्बन गरेका थिए।

पहिलो चरणमा बैंक तथा वित्तीय संस्थाले बोनस शेयर दिएर पूँजी बढाएका थिए। यसबाट पनि नसकेपछि हकप्रदमार्फत पूँजी जुटाउने प्रयत्न गरेका थिए। कतिपय बैंक तथा वित्तीय संस्था हकप्रदबाट गुहार माग्ने भन्दा पनि अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज भएका छन्। यसले कतिपय खराब अवस्थामा रहेका बैंक तथा फाइनान्स घटेका छन्।

Share this Story

   

पूँजी वृद्धि: मर्जरको साटो हकप्रदको गलत बाटो, लगानीकर्तामा ६७ अर्ब रुपैयाँको हकप्रद बोझ को लागी ३ प्रतिक्रिया(हरु)

Mina Basnet[ Feb 11, 2018 - 08:13 pm ]
राष्ट्र बैंकको अदुरदर्शिताको कारण पुजि वृद्धिको नाममा जताभावी हकप्रद शेयर निष्काशन गर्न दिइदा न त बित्तीय सस्थाको संख्या नै घट्यो, न त सुशासनको अवस्था नै भयो , बरु उल्टै शेयर बजार ध्वस्त भयो , बिप्रेषण (remittance ) दिनप्रतिदिन घट्दो क्रममा रह्यो , ब्याजदर , मुद्रास्फीति आदि अस्थिर भए , लगानीयोग्य फन्डको अभाव (credit crunch) निरन्तर रह्यो , नयाँ उध्योग ब्यबशाय फस्टाउन सकेनन् , आयात बढ्यो, निर्यात ठप्प हुने अवस्था रह्यो । मुलुकको केन्द्रीय बैंकको मुख्य चासो भने सुविधा भोगी सिमित कर्मचारीहरुलाइ बाचुन्जेल जागीर ख्वाउने दाउ तर्फ मात्र केन्द्रित देखियो । सम्वैधानिक आयोगका विपक्षमा बयान दिने कार्य राष्ट्र बैंककै उच्च अधिकारीले निर्लज्ज ढंगले प्रस्तुत गरे । मुलुकको बित्तीय क्षेत्रका लागि यो भन्दा दुर्भाग्य अरु के नै हुन सक्छ ? सस्थामा राजनीति हावी हुदा अन्य सबै कुरा गौढ हुन्छन् , राष्ट्र बैंक यी सबै कुरामा चुकेको छ ।

   हालसम्म ४० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Sumit Khadka[ Feb 11, 2018 - 07:09 pm ]
पहिले गरिमामय संस्था भन्थे राष्ट्र बैंक लाई, तर अहिले त नाम लिइदा पनि असहज महशुस हुनथालेको छ । अहिले त राजनीतिको अखाडा नै भएको छ । नेपालीहरुसङ्ग रहेको बैधानिक प्रतिबन्धित भा रु को सटही ब्यवस्थाको पहल एउटा वाणिज्य बैंकले केही हदसम्म गर्यो तर मुलुकको केन्द्रीय बैंक निरिह रह्यो । बैंकको ब्याजदरले तमाम उद्द्योगि ब्यापारीहरुको ब्यवशाय चौपट्टै भयो , वित्तीय क्षेत्रमा Credit Crunch यद्यपि विध्यमान अवस्थामै छ , राष्ट्र बैंकका उच्च पदाधिकारी भने वित्तिय संस्थाका शाखा उद्घाटन मै मस्त देखिन्छन् । वित्तीय क्षेत्र सुधारको दिशामा निराशा बाहेक के नै उपलब्धि गरेको छ , केन्द्रीय बैंकले ?

   हालसम्म १७ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Rohit Pandey[ Feb 11, 2018 - 05:47 pm ]
नेपालको केन्द्रीय बैंक , नेपाल राष्ट्र बैंकको अदुरदर्शिताका कारण विभिन्न समयमा बिवाद, अनौल, अक्षमता आदिको सामना मुलुकले व्यहोर्नुपरेको यथार्थ आम नागरिकको अगाडि छर्लङ्ग भैसकेको छ । कहिले जताभावी बैकिङ्ग लाइसेन्स बितरण भयो भनी संख्या घटाउन पुजि वृद्धिको उपकरण प्रयोग गर्दा हकप्रद समेतको स्वीकृतिले Credit Crunch को अवस्था सिर्जना भयो , जस्को असर यद्यपि नै छ । बैंक ब्याजदर दिन प्रतिदिन बढीरहदा समेत आफ्नो निकम्मापन देखाइरहेको छ ।भारतले आफ्नो मुद्रा (भा रु 1000/-र 500/-) दरमा प्रतिबन्ध गर्दा गरिब नेपाली शृमिकहरुले ज्याला मजदुरी गरि आर्जन गरेको भा रु समेत सटहीको लागी कुटनैतिक प्रयास गर्न सकेन । राष्ट्र बैंक केवल सिमित पहुँच हुने कर्मचारीको ऐश आराम, मोजमस्तिको लागि जागिर लम्ब्याउने खेलमा रमाउदै बसेको छ । संविधान प्रदत्त अधिकारको अलिकति पनि ख्याल नगरी संबैधानिक आयोगको परामर्श बिरुद्ध न्यायालयमा बयान दिदै हिड्छ । बिगत लामो समय देखि बिबादास्पद बिषयमा कर्मचारी बिच वैमनस्यता उग्ररूपमा बिजारोपण गरिरहेको छ । केन्द्रीय बैंकका उच्च पदाधिकारी स्वयं अन्य BFIs हरुका शाखा कार्यालय उद्घाटन गर्न यद्यपि ब्यस्त भैरहेका छन । नेपाल राष्ट्र बैंकको यस्तो गतिविधिबाट आगामी समयमा मुलुकको वित्तीय क्षेत्रमा कस्तो प्रभाव रहला ??

   हालसम्म २० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.