फैसलाको तेस्रो दिननै सुमार्गीले पाए सवा दुई अर्ब, भुक्तानी लिएको पैसा कहाँ कहाँ प्रयोग गरे?




काठमाडौं। सर्वोच्च अदालतले चार बर्षदेखि बैंकमा रोकिएको पैसा झिक्नका लागि बाटो खोलिदिएपछि ब्यवसायी अजयराज सुमार्गीले सबै पैसा भुक्तानी पाएका छन्। उनले नेपाल राष्ट्र बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई विपक्षी बनाएर रकम भुक्तानीका लागि सर्वोच्चमा मुद्दा हालेका थिए।


 
स्वीकृति नलिइनै रकम ल्याएको भन्दै राष्ट्र बैंकले सुमार्गीको पैसा भुक्तानी नगर्न बैंकलाई निर्देशन दिएको थियो। त्यही निर्देशन अनुसार बैंकले सुमार्गीको २ करोड १३ लाख ८८ हजार १६३ डलर रोकेर राखेको थियो।
 
राजनीतिक शक्ति प्रयोग गरेर सुमार्गीले यो रकम झिक्नका लागि धेरै पटक पहल गरेका थिए। तर दबाबका कारणले राजनीतिक शक्तिकेन्द्रहरुले पनि रकम फुकुवा गर्ने हिम्मत गर्न सकेका थिएनन्।
 
कतैबाट पार लगाउन नसकेपछि उनी अदालतको शरणमा पुगेका थिए। सर्वोच्च अदालतमा मुद्दा हालेको तीन दिनमै न्यायाधिस तेजबहादुर केसीको एकल इजलासले रकम भुक्तानी दिन आदेश जारी गरेको थियो।
 
त्यसपछि अदालतको अन्तरिम आदेश बोकेर सुमार्गी राष्ट्र बैंक र बैंक पुगे। अदालतको आदेश आएका कारण सुमार्गीले रकम भुक्तानी लिएका छन्। स्रोतहरुका अनुसार, भुक्तानी लिएको रकममध्ये उनले केही पुरानो ऋण तिर्न प्रयोग गरेका छन्। एक अर्ब हाराहारी बैंकहरुमा निक्षेपका रुपमा राखेका छन्।


Share this Story

   

फैसलाको तेस्रो दिननै सुमार्गीले पाए सवा दुई अर्ब, भुक्तानी लिएको पैसा कहाँ कहाँ प्रयोग गरे? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.