राष्ट्र बैंकले 'गुपचुप' वेवसाइटबाट गर्यौ मौद्रिक समिक्षा: सिसिडीको कारवाहीमा लचकता




काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको अर्द्धबार्षिक समिक्षा गर्दै पुनर्कर्जा कोषको रकम पाँच अर्ब रुपैयाँ थप्ने निर्णय गरेको छ। पत्रकार तथा सरोकारवालाहरुलाई समेत आमन्त्रण गरेर गभर्नरले समिक्षा गर्ने प्रचलनलाई भत्काउँदै राष्ट्र बैंकले वेवसाइटबाट मौद्रिक नीतिको समिक्षा गरेको छ।
 
राष्ट्र बैंकले पुनर्कर्जा कोषको रकम २० अर्बबाट २५ अर्ब पुर्याउने निर्णय गरेको हो। 
 
राष्ट्र बैंकले बैंकहरुलाई कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी रेसियो) गणनामा पनि केही सहुलियत दिएको छ। गणना विधि दैनिक रुपमा गर्दै आएको राष्ट्र बैंकले अब यसलाई मासिक रुपमा गर्ने ब्यवस्था मिलाएको हो। दैनिक रुपमा गणना गर्दा ८० प्रतिशत नघाउनेलाई सात प्रतिशत जरिवाना लगाइन्थ्यो। अब महिना महिना दिनमा मात्र सिसिडी गणना हुने छ।
 


Share this Story

   

राष्ट्र बैंकले 'गुपचुप' वेवसाइटबाट गर्यौ मौद्रिक समिक्षा: सिसिडीको कारवाहीमा लचकता को लागी १ प्रतिक्रिया(हरु)

SANU[ 2018-02-12 04:32:07 ]
gatilo kam garepo sabailai bhanne....nahune kam garepachi yastai ho..

   हालसम्म ४७ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.