स्थिर सरकार आएसँगै लगानीको वातावरण बन्छ: ढकाल, उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह

बिजमाण्डू
२०७४ माघ २९ गते १७:४५ | Feb 12, 2018
स्थिर सरकार आएसँगै लगानीको वातावरण बन्छ: ढकाल, उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा स्थायी सरकार आएसँगै पर्याप्त लगानीको वातावरण बन्ने बताएका छन्। जलविद्युत, पर्यटनलगायतका उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार आवश्यक रहेको भन्दै ढकालले ती क्षेत्रमा उद्योगी र व्यवसायीले लगानी बढाउनुपर्ने बताए। 

Tata
GBIME
Nepal Life


ढकालले व्यापार र व्यवसाय प्रवर्द्धन गर्न स्थानीय उद्योगी र व्यवसायीलाई सहयोग गर्न महासंघ तयार रहेको पनि उल्लेख गरे। उद्योग वाणिज्य संघ लमजुङले आयोजना गरेको लमजुङ महोत्सव उद्घाटन गर्दै उनले विकास र समृद्धिको नेतृत्व निजी क्षेत्रले गर्ने बताए। 
 
लमजुङ जिल्ला श्रोत र साधन सम्पन्न भएको भन्दै उनले त्यसको सदुपयोग गरेर जिल्ला र मुलुकको समृद्धिमा योगदान गर्नुपर्नेमा जोड दिए। उनले त्यहाँ रहेको अपार जलस्रोतको उपयोग गर्नुपर्ने पनि उल्लेख गरे।