के छ अर्थतन्त्रको अवस्था? शोधनान्तर घाटा बढ्यो, रेमिटेन्स फेरि ऋणात्मक, अरु सुचक पनि कमजोर

बिजमाण्डू
२०७४ माघ २९ गते १७:४९ | Feb 12, 2018
के छ अर्थतन्त्रको अवस्था? शोधनान्तर घाटा बढ्यो, रेमिटेन्स फेरि ऋणात्मक, अरु सुचक पनि कमजोर


काठमाडौं। नेपाल राष्ट्र बैंकले मूल्य बृद्धिको लक्ष्य सात प्रतिशतबाट झारेर ६ प्रतिशतमा ल्याएपनि अन्य सुचकांकहरु खराव हुँदै गएको तथ्यांक सार्वजनिक गरेको छ।
 
राष्ट्र बैंकले सोमबार चालु आर्थिक बर्षको पुस मसान्तसम्मको विवरण सार्वजनिक गर्दै अवस्था चुनौतीपूर्ण बन्दै गएको संकेत गरेको हो।
 
  • आर्थिक बृद्धिको ७.२ प्रतिशतको लक्ष्य पुरा हुँदैन। कृषि क्षेत्रको बृद्धिमा गिरावट आएको छ। सेवा र उद्योग क्षेत्रको बृद्धिलाई दीगो राख्नु चुनौतीपूर्ण छ।
  • निर्यात ब्यापार १३.४ प्रतिशतले बढेर ६ महिनामा ४१ अर्ब १४ करोडको बस्तु तथा सेवा बिक्री भएको छ।
  • आयात भने १५ प्रतिशतले बढेर ५ खर् ३४ अर्ब १६ करोड पुगेको छ। ६ महिनामै कुल बस्तु ब्यापार घाटा ४ खर्ब ९३ अर्ब २ करोड पुगिसकेको छ।
  • विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्स पोहोर भन्दा आधा प्रतिशतले घटेको छ। छ महिनामा तीन खर्ब ४० अर्ब ५४ करोड भित्रिएको छ।
  • देशको चालु खाता ७५ अर्ब ७१ करोड रुपैयाँले घाटामा छ। गत बर्षको पुसमा ४५ अर्बले बचतमा रहेको शोधनान्तर अवस्था यसपालीको पुसमा ६ अर्ब ६६ करोडले घाटामा गएको छ।
  • विदेशी विनिमय सञ्चिती (विदेशी मुद्रा) पनि १.१ प्रतिशतले घटेर १०६७ अर्ब ३४ करोडमा आएको छ।
  • नगद प्रवाहमा आधारित सरकारी बजेट ३५ अर्ब ४७ करोड घाटामा छ। पोहोर पुसमा ४० अर्ब २२ करोड बचतमा थियो।
  •  
 
 

Tata
GBIME
Nepal Life